कमला नगरपालिका मँगराहाकी अति विपन्नलाई डा. ठाकुरले गरे २५ हजार सहयोग
उनले गाउँका युवा, अग्रज र समाज सेबीहरुलाई समेत आ–आफ्नो स्तरबाट मण्डललाई सकेजति सहयोग गर्न अपिल गरेका छन् । समाजकी छोरी सबैको छोरी भन्दै उनले छोरी विवाहमा हुने विधि खर्चको लागि सहयोग गर्न अपिल गरेका हुन् ।

२०७८ माघ १५ शनिबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मेडिकल क्षेत्रमा आफ्नो पहिचान बनाएका डाक्टर दिग्विजय कुमार ठाकुरले धनुषा कमला नगरपालिकाकी एक विपन्न महिलालाई आर्थिक सहयोग गरेका छन् ।
कमला नगरपालिका वडा नम्बर १ मँगराहा बस्ने प्रमिाला देवी मण्डलले उनको क्लीनिकमा उपचार गराउन जाँदा उनलाई उपचार निःशूल्क सहित थप २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
शुक्रबार डा. ठाकुरको क्लीनिक पुगेकी मण्डललाई उनको छोरीको विहेको लागि आवश्यक पर्ने आर्थिक खर्चको लागि उनले आफ्नो तर्फबाट २५००० रुपैयाँ सहयोग गरेका हुन् ।
मेदंता रिसर्च क्लिनीक एण्ड रिसर्च प्रा.लि.का सँचालक समेत रहेका डाक्टर ठाकुरले उनको अवस्थाको बारेमा थाहा पाएपछि उनले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
उनले गाउँका युवा, अग्रज र समाज सेबीहरुलाई समेत आ–आफ्नो स्तरबाट मण्डललाई सकेजति सहयोग गर्न अपिल गरेका छन् । समाजकी छोरी सबैको छोरी भन्दै उनले छोरी विवाहमा हुने विधि खर्चको लागि सहयोग गर्न अपिल गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…