धनुषाः चर्को आवाजमा डिजे बजिरहे, परिवारजन चिच्याईरहे, घर र पशुचौपाया घरमै जलिरहे !
धनुषामा डिजे बाजा, हर्न पूर्णत प्रतिबन्ध गरिएपनि प्रहरी डरले नै गाउँमा डिजे बन्द गराउन जाँदैनन् ।

२०७८ माघ १५ शनिबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित घरमा आगलगी हुँदा घर सहित पशुचौपाया समेत जलेर ध्वस्त भएको छ ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित स्थानीय सुनिल महतोको घरमा विहिबार राती आगलगी हुँदा घर,धनमाल सहित पशुचौपाय समेत जलेको छ ।
विहिबार राती करिब १ बजेको समयमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीको वडाध्यक्ष समेत रहेका महतोको घरमा आगजनी हुँदा कसैले निभाउन नगएको गुनासो गरिएको छ ।
राती अबेरसम्म चर्को स्वरमा डिजे बजाइरहेको र डिजेको करिब ५० मिटरको दुरीमा आगजनी हुँदा गाउँलेहरु गुहार सुन्न नपाउँदा ठुलो धनमालको क्षति भएको हो ।
राती सो घरमा घुँर समेत नगरिएको अवस्थामा आगजनी हुँदा कसैले जानीबुझी आगो लगाएको आशँका गरिएको छ । यसअघि सुनिल महतोले किनेको नयाँ मोटरसाईकलमा आगजनी गरिदिएको थियो ।
सुनिल महतोको घरदेखि मात्र ५० मिटरको दुरीमा एक किशोरीको वैवाहिक कार्यक्रम शुक्रबार भएपनि करिब एक साताअघिदेखि रातभरि चर्को साउण्डमा डिजे बजाउँदै आएको थियो । सो राती चर्को साउण्डमा डिजे बजिरहेको अवस्थामा आगजनी भएको थियो । जसले गर्दा पीडित परिवारजनले गुहार लगाउँदा पनि कसैले सुन्न सकेनन् ।
राती करिब आधा घण्टाजति रोईकराई चिच्याएपनि आगो निभाउन पर्याप्य सँख्यामा गाउँलेहरु उपस्थित हुन नसक्दा केही बेरमै घर, घरमा राखिएको धनमाल, तीन वटा बाख्रा जलेर मरेको छ भने गाई समेत जलेर घाईते भएको छ ।
सबै जलेर ध्वस्त भएपछि बिहानपख मात्र गाउँलेहरुले महतोको घरमा आगजनी भएको थाहा पाएको हो । तथापी, धनुषा प्रहरीले यसप्रति कुनै चासो लिएको छैनन् ।
धनुषामा डिजे बाजा, हर्न पूर्णत प्रतिबन्ध गरिएपनि प्रहरी डरले नै गाउँमा डिजे बन्द गराउन जाँदैनन् । डिजेकै कारण एक परिवारको उठीवास भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…