प्रदेश साँसदको गाडी फोडेर चोरी
त्यहाँस्थित होटलमा बसेर नेता सुमनले गाडी होटेलको तल पार्क गरेको थियो । पुरानो बसपार्कस्थित पार्क गरिराखेको गाडीको सिसा फोडेर भित्र राखिएको केही रकम र ज्याकेट चोरी भएको बताईएको छ ।

२०७८ माघ १३ बिहीबार, बिहान ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका एक साँसदको गाडीमा तोडफोड गरी चोरी भएको छ । प्रदेश साँसद बाबुलाल साहको गाडी फोडेर चोरी भएको हो ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित पार्क गरी राखिएको गाडीको सिसा फोडेर रकम सहित ज्याकेट समेत चोरी भएको बताइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ नमस्कारचौकस्थित रहेको पुरानो बस पार्कमा रहेको एक होटेलमा बसेको बेला उनको गाडी तोडफोड गरी चोरी भएको हो ।
त्यहाँस्थित होटलमा बसेर नेता साह सहित नेता मनिष सुमनले गाडी होटेलको तल पार्क गरेको थियो । पुरानो बसपार्कस्थित पार्क गरिराखेको गाडीको सिसा फोडेर भित्र राखिएको केही रकम र ज्याकेट चोरी भएको बताईएको छ ।
नेता बाबुलाल साहले चढने बागमति प्रदेश ०१ २५ च २६९० नम्बरको गाडीमा राती करिब १ बजेको समयमा तोडफोड गरी चोरी गरेको हुन सक्ने अनुमान गरिएको छ ।
जानकारी अनुसार, बाबुलाल साहसँगै प्रदेश साँसद मनिष सुमन समेत रहेका थिए । गाडी पार्क गरी होटेलमा बसेको बेला चोरी भएको
गाडीमा रहेको मनिष सुमनको एक ज्याकेटमा १५ हजार रुपैयाँ नगद सहित ज्याकेट समेत लगेको बताइएको छ । विहानै प्रहरी पुगेर मुचुल्का उठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…