मेयर, उपमेयर र राष्ट्रियसभा सदस्य चढेको गाडी तोडफोड, मेयरको गालामा चोट !
सोही क्रममा सिसा फुटेर मेयर प्रसाईको गालामा चोट लागेको प्रहरीले जनाएको छ ।

२०७८ माघ १२ बुधबार, बिहान ११:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा जारी रहेको राष्ट्रिय सभा निर्वाचनको लागि जनकपुर आउँदै गरेका एक नगरपालिकाका मेयर, उपमेयर र राष्ट्रिय सभा सदस्य चढेको गाडी तोडफोड भएको छ ।
मधेश प्रदेशको सर्लाही जिल्ला सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल सहित पूर्व संविधानसभा सदस्य एवम् एमालेकी केन्द्रीय सदस्य कमला देवी महतो चढेको गाडी तोडफोड भएको हो ।
बुधबार (आज) करिब १०ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ रामचोकस्थित तीनै जनाले चढेको गाडीमा किसान आन्दोलनकारीहरुले तोडफोड गरेको हो ।
जानकारी अनुसार, सो सरकारी गाडी हरिवन नगरपालिकाका मेयर प्रसाईले चढने गाडी हुन । प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडी चढेर मतदानको लागि प्रदेशको राजधानी जनकपुरधाम स्थित आन्दोलनकारीहरुले फालेको ढुँगा गाडीमा लागेको हो ।
सर्लाही हरिवन ४ स्थित प्रदर्शनकारी र प्रहरीबीच झडपको माहौल बनिरहेको अवस्थामा मेयर प्रसाईले गाडी लिएर जनकपुरस्थित आक्रोसित किसान आन्दोलनकारीहरुले फालेको ढुँगा लागेर गाडीको सिसा फुटेको छ ।
सोही क्रममा सिसा फुटेर मेयर प्रसाईको गालामा चोट लागेको प्रहरीले जनाएको छ । गाडीको अगाडीको सिसा फुटेको छ भने डुवर (दरबाजा) समेत फुटेको जनाइएको छ । मेयरलाई समान्य चोट लागेको हो ।
सो क्रममा उपमेयर पौडेल र एक राष्ट्रिय सभा सदस्य महतोलाई कुनै प्रकारको चोट नलागेको बताइएको छ । उनीहरुले गाडी फर्काएर भाग्न खोज्दा ढुँगा फालिएको बताइएको छ ।
किसानहरुसहित डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत एक महिनादेखि किसानको हकहितको लागि निरन्तर आन्दोलन गर्दै आएको छ । अझै सुनुवाई भने सरकारले गरेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…