जनकपुरमा किसान र प्रहरीबीच झडप, किसानहरुसहित दुई प्रहरी घाईते !
जनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘महिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो ।

२०७८ माघ १२ बुधबार, बिहान १०:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानीस्थित अहिले केहीबेर अगाडी मात्र आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ ।
बुधबार (आज) विहान १० बजेको समयमा जनकपुरधाम उपहानगरपालिका वडा नम्बर ४ तिरहुतियागाछीस्थित झडप भएको छ । विहानैदेखि प्रदर्शनमा उत्रेका किसानहरु सहित जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भाटासहित जनकपुरमा प्रदर्शन गरिरहेका छन् । आजै मधेश प्रदेशको लागि राष्ट्रिय सभा चुनाव पनि भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडी रहेको महेन्द्रनारायण नीधि स्मृति प्रतिष्ठानमा जारी राष्ट्रिय सभाको चुनाव र मतदान केन्द्रतर्फ बढन खोज्दा प्रहरीले अवरोध गरेको थियो ।
नगरक्षेत्रमा रैली प्रर्दशन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरीले अवरोध गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
अवरोध गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपको क्रममा प्रहरीले चार राउण्ड आश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार, झडप हुँदा चार राउण्ड आश्रूग्यास मात्र प्रहार गरिएको र सो त्रममा दुई जना प्रहरी हबल्दार घाईते भएको हो । जानकारी अनुसार, किसान आन्दोलनकारीहरु पनि घाईते भएका छन् ।
जनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘महिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो ।
किसानको मुद्दालाई सम्बोधन गराउनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्रसमेत बुझाउने जनमतको कार्यक्रम छ ।
किसानहरुलाई नेतृत्व गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले निरन्तर एक महिनादेखि किसानको मागलाई लिएर आन्दोलनरत छ । जनमत पार्टी र किसानहरु सँयुक्त रुपमा आन्दोलनमा सहभागीता जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…