मधेश प्रदेशको राजपत्रबाट देशको चुच्चे नक्सा गायब, साजिस की भूल ?
नयाँ नक्सा जारी भएको दुई बर्षपछि पनि पुरानो नक्सा राखिएको भन्दै विभिन्न अडकल गरिएको छ ।

२०७८ माघ ९ आइतबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय नेपालको मधेश प्रदेश सरकारले देशको नक्सा सम्मलित सरकारी निशान छापमा कालापानी, लिम्पीयाधुरा र लिपुलेकलाई बायकट्ट गरी राजपत्र प्रकाशित गरेको छ ।
नेपालको भूभाग रहेको कालापानी, लिम्पीयाधुरा र लिपुलेक सहितको चुच्चे राजनीतिक एवम् प्रशासनीक नक्सा जारी भएपनि मधेश प्रदेश सरकारले सो नक्सालाई हटाएर सो भूभागरहितको सरकारी निशान छापमा नक्सा प्रकाशित गरेको छ ।
मधेश प्रदेश राजपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी भू–भागसहितको चुच्चे नक्सा गायब गरिएको भन्दै समाजिक सँजालमा टिकाटिप्पणी गरिएको छ ।
.jpg)
प्रदेश सरकारको कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयबाट छपाई हुने प्रदेश राजपत्रमा सरकारको अधिकारिक र राजनीतक नक्सालाई हटाएर पुरानो नक्सा राखिएकोप्रति टिप्पणी गरिएको छ ।
सो क्रममा समाजिक सँजालमा बृषेश शर्मा लेख्छन्ः “मधेश प्रदेश राजपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी । भुभाग वाला चुच्चे नक्सा गायब गरिएको छ। गल्ती हो की साजिस ? मधेश प्रदेशको जसपा सरकारले जवाफ दिनु पर्छ । राष्ट्रिय अखण्डतामा संघियता महाभुल हो भन्ने मधेशको चित्रण नेपालमा हुने कुनै कदम बर्दास्त हुदैन।”
यता, प्रदेश सभा सचिवालयका सचिव रँजीत कुमार यादवले राजपत्र छपाईको जिम्मेवारी प्रदेश सरकारको कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयबाट हुने भएकोले आफूलाई त्यसबारे अवगत नरहेको बताए ।
.jpg)
उनले भने, –“चुच्चे नक्सा नरहेको भनेर मैले पनि हेरे, राजपत्र सम्पादन र छपाईको अन्तिमसम्म सम्पूर्ण जिम्मेवारी कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले गर्ने हो । प्रदेशको राजपत्र छपाईको लागि सफ्टवेयर नै हुन्छ, त्यसमा कसरी पुरानो नक्सा आयो त्यो मलाई थाहा भएन् ।”
गत वि.सं. २०७७ साल जेठ ७ गते नेपालको राजनीतिक एवम् प्रशासनीक नक्सामा लिम्पीयाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गरिएको थियो । नयाँ नक्सा जारी भएको दुई बर्षपछि पनि पुरानो नक्सा राखिएको भन्दै विभिन्न अडकल गरिएको छ ।
प्रदेश राजपत्रमा प्रकाशित सरकारी लोगो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…