सिरहाः स्कूलमा जुवा खेलिरहेको अवस्थामा ९ जुवाडे पक्राउ
उनीहरुको साथबाट तासको तीन गड्डी, एक तौलिया र ५७ हजार ६०० रुपैयाँ बरामद भएको हो ।

२०७८ माघ ८ शनिबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाबाट प्रहरीले रकम सहित ९ जना जुवाडेलाई जुवाखालबाट नै पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानले गत विहिबार राति करिब ९ः३० बजेको समयमा सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर ७ स्थित पशुपति आदर्श माविको उत्तरपट्टिको छाप्रो घरमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो ।
स्कूलमा जुवा खेलिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा प्रहरीले छापामारी गर्दा ५७ हजार रुपैयाँ सहित ९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट अन्य समानहरु बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालको कमाण्डमा खटि गएको टोलीले जुवा खेलिरहेकै अवस्थामा रकम सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिरहाको लहान नगरपालिका वडा नम्बर १२ बस्ने मो. जुमनको छोरा बर्ष २४ को ईनुस मोहमद, वडा नं. ११ पडरिया बस्ने खुदिलाल चौधरीको छोरा बर्ष ४० को रमेश चौधरी, वडा नं. १ बस्ने राजेन्द्र प्रसाद गुप्ताको छोरा बर्ष २९ को सँजय गुप्ता, वडा नं. २१ बस्ने सुखिलाल चौधरीको छोरा बर्ष ३३ को सँजय चौधरी, वडा नं. १ बस्ने राम अवतारको छोरा अरुण कुमार साह, ११ बस्ने दिपेन्द्र कुमार साह, चन्देश्वर साफीको छोरा जितु साफी, गोपाल प्र. गुप्ताको छोरा ३४ को शँकर प्रसाद गुप्ता र सुनसरी जिल्लाको ईटहरी उमपहानगरपालिका वडा नम्बर ४ बस्ने गोपाल अधिकारीको छोरा बर्ष ४२ को भोली अधिकारी रहेका छन् ।
उनीहरुको साथबाट तासको तीन गड्डी, एक तौलिया र ५७ हजार ६०० रुपैयाँ बरामद भएको हो । उनीहरुलाई कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…