जनकपुरः आँपको बगैँचामा एक युवतिको लास, बलात्कार गरी हत्याको आशँका
ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ।

२०७८ माघ ६ बिहीबार, दिउँसो १:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित एक युवतिको लास नजिकैको आँप बगैँचामा फेला परेको छ ।
उत्तरी धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलस्थित अन्दाजी २५ बर्षिय युवतिको लास आँपको बगैँचामा भेटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोलस्थित पूर्व–पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैँचामा हत्या गरी फालिएको अवस्थामा फेला परेको हो ।
टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको लास बुधबार साँझ आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। युवतीको परिचय खुल्न सकेको छैन।
कालो वर्णकी ती युवतीले रातो रंगको सुइटर र निलो रंगको कुर्ता सुरुवाल लगाएकी छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ। यद्यपी, युवतिको पोष्टमार्टमपछि मात्र यथार्थ आउने बुझिएको छ ।
Photo & News Source: Nepalkhabar
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…