डा. सिके राउत र किसानहरुलाई मन्त्री यादवले दिइन् हत्या गर्नेे धम्की ! (भिडियो सहित)
एकै ठाउँमा कार्यक्रम गर्ने भएकोले दुबै पक्ष बीचमा भएको झडपलाई गौर नर संहार भनिन्छ ।

२०७८ माघ ६ बिहीबार, बिहान ७:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । किसानहरुको माग लिएर विगत तीन सातादेखि निरन्तर आन्दोलनमा रहेका मधेश प्रदेशका किसानहरुलाई मन्त्री रेणु यादवले हत्या गर्ने धम्की दिएकी छन् ।
बुधबार बलिदानी दिवसमा सहभागी हुन मधेश प्रदेशको रौतहट जिल्लास्थित गौर पुगेकी सरकारकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई किसानहरुले लखेटेपछि हत्याको धम्की दिएकी हुन् ।
बलिदानी दिवसमा गौरमा आयोजना गरिएको कार्यक्रममा भाषण दिँदै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र आन्दोलनरत किसानहरुलाई गौर नर सँहार जस्तै हत्या गरिदिने धम्की दिएकी हुन् ।
उनले सार्वजनिक मँचबाटै डा. सिके राउत र उनका कार्यकर्ताहरुलाई गौर नर सँहार जस्तै चक्रव्यूहमा पारेर हत्या गर्न सक्ने धम्की दिएकी हुन् । उनले गौर राईस मिलको नरसंहार तत्कालिन मधेशी जनअधिकार फोरमले गरेको दाबी गर्दै डा. राउत र किसानहरुलाई पनि सोही हालात गरिने बताइन् ।
किसानहरुले मल, खाद, बीउ, सिँचाईको लागि निरन्तर आन्दोलनमा रहेको बेला मन्त्री यादव गौर पुग्दा किसानहरुले उनलाई लखेटेको थियो । सोही क्रममा आक्रोसित मन्त्री यादवले लखेटने किसानहरुको साथै डा. सिके राउतलाई पनि हत्याको धम्की दिएकी हुन् ।
हिन्दी भाषामा उतेजक भाषण गर्दै मन्त्री यादवले भनिन–“यो गौर ऐतिहासिक जिल्ला हो । यहाँको मधेश विद्रोहको लागि गौर राइस मिल अहिले जिवित इतिहास छ । आज बलिदानी दिवसको दिन हामी हिँसा गर्दैनौँ । लाठी भाटा देखाए यहाँको मान्छे लाठी चलाउन जान्दछ । तपाईको लाठी र भाटालाई तोडेर यही बन्द गरिदिइनेछ । गाई र भैँसीको दुध खाएका हौँ भने सिँहदरबारमा भेँटौँ , डा. साहब अमेरिकामा घाँस, भूँस खाएको होला हाम्रो शरिरमा गाई र भैँसको दुधको खुन बनेको छ । डा. साहबलाई भन्न चाहन्छु, हामीसँग नजुधौँ, तपाईलाई घेराबन्दी गरेर मारिदिन्छ ।”
मधेश आन्दोलनको बेला वि.सं. २०६३ साल चैत ७ गते गौरको राइस मिलमा एउटै ठाउँमा दुई वटा मधेशी संगठनले कार्यक्रम गर्दा नरसंहार भएको थियो ।
करिब २०० मिटरको दुरीमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी पार्टीका भाद्री संगठन मधेशी मुक्ति मोर्चाले आ–आफ्नो मंच बनाएको थियो । जसले दुई पार्टीबीच भिडन्त भएको थियो ।
एकै ठाउँमा कार्यक्रम गर्ने भएकोले दुबै पक्ष बीचमा भएको झडपलाई गौर नरसंहार भनिन्छ । जसमा २८ जनाको ह त्या उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले गरेको थियो ।
ज्ञातव्य छ, विगत ३ साताभन्दा बढीदेखि डा. सिके राउत नेतृत्वको जनमत पार्टी र किसानहरु एकसाथ किसान आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनरत किसान र जनमतका कार्यकर्ता सहित डा. सिके राउतलाई हत्या गर्ने धम्की दिएको भिडियोमा प्रष्ट हेर्न सकिन्छ ।
गौरमा मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बलिदानी दिवस कार्यक्रमको आयोजना गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…