यी हुन मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुँगा प्रहार गर्ने युवक
पटेललाई तत्काल पक्राउ गरी अपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको छ ।

२०७८ माघ ४ मंगलबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको मुख्यमन्त्री मो. लालबाबु राउतको नीजि निवासमा ढुँगामुढा गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मँगलबार दिउँसो करिब ३ः३० बजेको समयमा पर्सा जिल्लाको वीरगँज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट अन्दाजी १०० जनाको सँख्यामा रहेको युवाहरुले मुख्यमन्त्री राउतको घरमा ढुँगामुढा गरेका थिए ।
प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएपछि विरोध स्वरुप निकालेको मोटरसाईकल रयालीको क्रममा वीरगँज महानगरपालिका वडा नम्बर १ बस्ने २६ बर्षिय सुमन पटेलले मुख्यमन्त्री राउतको घरमा ढुँगा हानेका थिए ।
वीरगँज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित रहेको प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निवासमा उनको निवासको दुईवटा सीसा फुटाएपछि प्रहरीले उनलाई पक्राउ गरेको बताईएको छ ।
मुख्यमन्त्रीको घरको सीसा फुटाएपछि एक्सनमा आएको वडा प्रहरी कार्यालय बिर्ताबाट खटि गएको टोलीले पटेललाई तत्काल पक्राउ गरी अपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको छ ।
प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम मँगलबार पारित भएपछि वीरगँजबासी समेत रहेका मुख्यमन्त्री राउत उपर वीरगँजवासीहरुले आक्रोस पोखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…