हँसपुरका मेयर रामज्ञान मण्डलले सुरु गरे न्यानो कपडा वितरण अभियान
नगरप्रमुखबाट कम्बल पाएका ज्येष्ठ नागरिक ७० वर्षीय विल्टु मण्डलले चौकमै आएर जाडोको मौसममा न्यानो कपडाअन्तर्गत कम्बल दिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’

२०७८ माघ ४ मंगलबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराईमा चिसो बढेसँगै हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले आफ्ना नगरपालिकाका भित्रका ज्येष्ठ नागरिक तथा दलित समुदायमा न्यानो कपडा वितरण गर्न थालेको छ ।
सोमबार डिएफआइडीको सहयोगमा स्ट्रीट चाइल्ड अफ नेपालको अगुवाइ तथा आसमान नेपाल द्वारा संचालित जानकी महिला जागरण समाजले संचालन गरेको २ दिने तालिम जलवायु परिवर्तन तथा महिला सशक्तीकरण तालिममा सहभागी २४ जना मुसहर समुदायका किशोरीहरुलाई कम्बल वितरण गरिएको हो ।
नगरपालिकाको वडा नं ६ स्थित श्री तपसी बाबा माध्यमिक बिधालय टिल्हीमा आयोजना गरेको तालिमको अन्तिम दिन मेयर मण्डलले कम्बल वितरण गरि तालिमको समापन गरेको हो ।
उक्त तालिममा टिल्ही,पर्साही,मानसिहपट्टी र सोनीगमा गरि ४ वटा टोलका २४ जना किशोरीहरु तालिममा सहभागिता जनाइएका थिइन ।
“अचानक चिसो बढेपछि हामीले नगरपालिका भित्रका जेष्ठ नागरिक,विपन्न परिवार र दलित समुदायको टोल टोलमा पुगेर न्यानो लुगा बाड्ने अभियाननै सुरु गरेका छौं” मेयर मण्डलले भने– सितलहर सुरु भएको छ । आफ्ना नगर भित्रका खास गरि मुसहर समुदायका बालबालिका तथा वृद्धबृद्वा न्यानो लुगाको अभाव नपरोस् उदेश्यले प्रत्येकको वडाको त्यस्ता घरपरिवारको पहिचान गरि न्यानो कपडा पुर्याउछौं ।”
त्यसैगरी वडा नम्बर ९ बालगंङ्गा चौकको कुट्टीमा रहेका १२ जना साधुसन्तहरुलाई पनि कम्बल वितरण गरेको हो ।
नगरप्रमुखबाट कम्बल पाएका ज्येष्ठ नागरिक ७० वर्षीय विल्टु मण्डलले चौकमै आएर जाडोको मौसममा न्यानो कपडाअन्तर्गत कम्बल दिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’
कम्बल वितरण कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष नरेश कुमार मण्डल,वडा सचिब रामप्रसाद मण्डल,स्थानीय सुधार पाल ९सीता० जय प्रकाश मण्डल,चन्देश्वर मण्डल लगायतका उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…