प्रदेशसभाभित्र आधीभन्दा बढी साँसद बिना मास्ककै, पत्रकार कोरोन भन्दै प्रवेश गर्न रोक
प्रदेश नम्बर २ को स्थायी राजधानी र नामको लागि आज आठौ अधिवेशन अन्तर्गत प्रदेश सभाको बैठक बस्दैछ । केही बेरमा मतदान प्रक्रिया पनि सुरु हुने बताइएको छ । नाम र राजधानीको लागि मतदान हुने भएको छ ।

२०७८ माघ ३ सोमबार, दिउँसो ३:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । २ नम्बर प्रदेशको जारी आठौँ अधिवेशन अन्तर्गतको सोमबारको बैठकमा अधिकाँश बढी साँसदहरु बिना मास्कै भित्र बसेको देखिएका छन् ।
प्रदेश नम्बर २ को स्थायी राजधानी र नामाकरणको लागि आज प्रदेशमा जारी रहेको छलफलको क्रममा भित्र रहेका साँसदहरुमध्ये अधिकाँश साँसदहरु बिना मास्कको देखिएको छ ।
प्रदेश सरकार स्वयँमले पनि कोरोनाको सँक्रमण बढदै गएको खण्डमा बिना मास्कको नहिडन र मास्क नलगाउनेलाई सेवा सुविधा सहित कारवाहीको नियम लगाएपनि साँसदहरु बिना मास्ककै देखिएका छन् ।
बैठक केही बेरको लागि ब्रेक गरिएको खण्डमा भित्र देखिएको दृश्यमा आधा भन्दा बढी साँसदहरुले मास्क नै नलगाएको देखिएको छ । उनीहरुले स्वास्थ्य मापदण्डको पालना नगरेको देखिएको छ ।
यता, रिपोर्टिँगको लागि प्रदेश सभाको बाहिर जनकपुरका केही पत्रकारहरु धर्नामा बसेका छन् । कोरोनाको सँक्रमणलाई कारण देखाउँदै सुरक्षाकर्मीले उनीहरुलाई बाहिरै रोक्दै भित्र छिर्न दिएका छैनन् ।
सँचारकर्मीहरु प्रदेशसभा परिसरको मुख्य गेट अगाडी क्यामेरा, माईक, मोबाईल राखेर धर्नामा बसेका छन् । केही दिन अघि नेपाली काँग्रेसको केन्द्रीय अधिवेशनमा काठमान्डाँैमा पत्रकारहरुले समाग्रीसहित धर्नामा बसेका थिए ।
भित्र साँसदहरु आफैँ कोरोना सँक्रमणबाट बच्न अपनाउनुपर्ने सुरक्षामा मापदण्डलाई धज्जिया उठाएको देखिएको छ भने कोरोनाकै डर देखाउँदै सँचारकर्मीहरुलाई भित्र छिर्न दिएका छैनन् ।
प्रदेश नम्बर २ को स्थायी राजधानी र नामको लागि आज आठौ अधिवेशन अन्तर्गत प्रदेश सभाको बैठक बस्दैछ । केही बेरमा मतदान प्रक्रिया पनि सुरु हुने बताइएको छ । नाम र राजधानीको लागि मतदान हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…