'उपेन्द्र चोर, मधेश छोर' भन्दै उपेन्द्र यादव र मन्त्री रेणु यादवलाई किसानहरुले देखाए कालो झण्डा
जनकपुरको क्याम्पस चोक र कदचोकमा मन्त्री यादवको पुतला दहन गरिएको थियो ।

२०७८ माघ २ आइतबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का अस्थायी राजधानी जनकपुरधामस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई किसानहरुल कालो झण्डा देखाएका छन् ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को मुखियापट्टि मुसरनीया गाउँपालिका वडा नम्बर ६ बेरिया बजारस्थित आईतबार आयोजना गरिएको वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जान लाग्दा उनलाई मुखियापट्टिमा कालो झण्डा देखाएको हो ।
मुखियापट्टि मुसरनियाँ पार्टी प्रवेश कार्यक्रममा पुगेका उपेन्द्र यादव र संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई जनमत पार्टीका नेता कार्यकर्ता सहित किसानहरुले कालो झण्डा देखाएको हो ।
किसानहरुको मागप्रति कुनै ऐक्यवद्धता वा कुनै प्रकारको चासो नलिएको भन्दै उनीहरुलाई कालो झण्डा देखाएको हो । कडा सुरक्षाबीच पनि किसानहरुले यादवद्धयलाई कालो झण्डा देखाएको हो ।
किसानको माग पुरा गरेपछि मात्र मधेशमा आउन चेतावनी दिएको जनमत पार्टीले किसानको माग पुरा गराउन विगत तीन सातादेखि निरन्तर आन्दोलनमा रहेका छन् ।
त्यसअघि जनकपुरधामस्थित मन्त्री रेणु यादवको पुतला समेत जलाएको थियो । जनकपुरको क्याम्पस चोक र कदचोकमा मन्त्री यादवको पुतला दहन गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…