जनकपुरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवको पुतला दहन
आईतबार बिहान जनमत पार्टीका बीरेन्द्र यादवको नेतृत्वमा मन्त्री यादवको पुतला दहन गरिएको हो ।

२०७८ माघ २ आइतबार, बिहान १०:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुतला दहन गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा आउन लाग्दा मन्त्री यादवको जनकपुरमा पुतला दहन गरिएको हो ।
जनकपुरधाम उपहानगरपालिका वडा नम्बर १२ क्याम्पसचोकस्थित जनमतका नेता कार्यकर्ता तथा किसानहरु सम्मलित एक समूहले क्याम्पचोकमा मन्त्री यादवको पुतला दहन गरेको जनाइएको छ ।
विगत तीन सातादेखि जारी रहेको किसान आन्दोलनको कुनै सुनुवाई नगरेको भन्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टी र किसान आन्दोलन मोर्चाले मधेशको जिल्लाहरुमा मन्त्रीहरुलाई प्रवेश नगर्न चेतावनी दिएको हो ।
तराई मधेशका किसानहरुले समयमा मल, खाद, बीउ, सिँचाई पाउनुपर्ने माग सहित जनमत पार्टी र किसानहरुले आन्दोलन सुरु गरेको हो ।
आन्दोलन सुरु भएको यतिको दिन भईसक्दा पनि कुनै चासो नलिएको भन्दै मन्त्रीहरुलाई मधेश प्रवेश गर्न चेतावनी दिएको बेला मन्त्री यादव जनकपुर आउन लागेको खवर पाएपछि पुतला दहन गरिएको हो ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मुखियापट्टि मुसरनियाँ गाउँपालिका वडा नम्बर ६ बेरिया बजारस्थित जसपाले राखेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा आउन लागेकी मन्त्री यादवको पुतला दहन गरिएको हो ।
आईतबार बिहान जनमत पार्टीका बीरेन्द्र यादवको नेतृत्वमा मन्त्री यादवको पुतला दहन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…