ड्रग्स र नगद रुपैयाँ सहित तीन जना पक्राउ
पुस २८ गते राती अन्दाजी २ बजेको समयमा लहान नगरपालिका वडा नं. १२ पडरियाचोकदेखि करिब ५०० मिटर उत्तरस्थित प्रहरी सहायक नीरिक्षक मुना साहको कमाण्डमा खटि गएको मोबाईल टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

२०७८ पुस २९ बिहीबार, राति ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले लागुऔषध र नगद रुपैयाँ सहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतको ईलाका प्रहरी कार्यालय लहानबाट खटि गएको टोलीले लागु औषध र नगद रुपैयाँ सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहाको लहान नगरपालिका वडा नम्बर १२ बस्ने लक्ष्मीनारायण चौधरीको छोरा बर्ष २२ को प्रशान्त चौधरी, दुर्गानन्द चौधरीको छोरा मिथिलेश चौधरी र जयनारायण चौधरीको २९ बर्षिय छोरा साजन चौधरी रहेका छन् ।
पुस २८ गते राती अन्दाजी २ बजेको समयमा लहान नगरपालिका वडा नं. १२ पडरियाचोकदेखि करिब ५०० मिटर उत्तरस्थित प्रहरी सहायक नीरिक्षक मुना साहको कमाण्डमा खटि गएको मोबाईल टोलीले
उनीहरुलाई पक्राउ गरेको हो ।
टोलीले शँका लागी चेकजाच गर्दा अन्दाजी ५.५ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङको लागु पदार्थ र नगद रु ११,०००, २ थान मोबाइल सहित फेला पारी पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानमा अनुसन्धानमा राखिएको डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…