रेल्वे कर्मचारीको तालिम रोक्न सिडिओलाई ज्ञापन
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई हटाएर आफ्ना नजिकका नयाँ ५५ जनालाई नियुक्त गरी जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।

२०७८ पुस २९ बिहीबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले नयाँ कर्मचारीलाई दिइरहेको तालिमलाई रोक्न पूर्व कर्मचारीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहिवार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै पुराना रेल्वे कर्मचारी संघर्ष समितिले नयाँ कर्मचारीको तालिम स्थगित गरी सात दिनभित्र उनीहरुलाई नहटाइए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
प्रजिअ पौडेलले ज्ञापन पत्र बुझ्दै पूर्व कर्मचारीलाई अदालत र श्रम कार्यालयमा न्यायका लागि गुहार गर्न आग्रह गरे । उनले संविधानले दिएको अधिकारलाई प्रयोग गरि आन्दोलन गरेमा प्रहरी प्रशासनले अवरोध नगर्ने समेत बताए ।

रेल्वेका पुराना कर्मचारीहरुले बुधबार तालिम स्थलमा विरोध प्रदर्शन गरेका थिए । आफूहरुलाई बिनाजानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुरानाहरू आन्दोलित भएका छन् ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई हटाएर आफ्ना नजिकका नयाँ ५५ जनालाई नियुक्त गरी जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।
रेल्वेले गेट म्यान, ग्यांग म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि ५५ जनालाई भारतबाट आएका प्रशिक्षकले तालिम दिईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…