रेल्वेका महाप्रबन्धक 'झा' को सेटिँगः बिना सूचना विज्ञापनकै चोरीलुकी कर्मचारी नियुक्त गरी तालिम
यसअघि महाप्रबन्धक झाले कुनै प्रकारको तालिम आयोजना नभएको प्रतिक्रिया दिएका थिए ।

२०७८ पुस २८ बुधबार, बेलुकी ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक (जिएम) निरञ्जन झाले बिना कुनै सूचना विज्ञापनकै आफ्ना आसेपासेलाई कर्मचारीमा नियुक्त गरी तालिम दिइरहेको पाईएपछि बबाल मच्चेको छ ।
यसअघि रकम लिएर तालिम दिइएको रेल्वेका पुरानो तालिमकर्ताहरुले जनकपुरधाम उमपहानगरपालिका वडा नं. १२ स्थित रहेको मत्स्य विकास तालिम केन्द्रमा दिइरहेको तालिमको बेला आन्दोलन गरेपछि रेल्वे प्रबन्धक झाले चोरीलुकी कर्मचारी नियुक्त गरेको पाइएको हो ।
आफ्ना पार्टीका कार्यकर्ता, आसेपासे, रकम लिएर भर्ना गरेको आरोप लगाउँदै पुराना तालिमकर्ताहरुले आफूलाई दिएको तालिमको सदुपयोग हुनुपर्ने माग सहित आन्दोलन गरेका छन् ।
.jpg)
मत्स्य विकास तालिम केन्द्रमा प्रहरीको पहरा लगाएर महाप्रबन्धक झाले आसेपासेलाई कर्मचारीमा नियुक्त गरी तालिम दिइरहेको अवस्थामा पुराना तालिमकर्ताहरुले विरोध जनाउँदै झा विरुद्ध नारावाजी गरेको थियो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १ सय ५१ जना कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले विना कुनै जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना तालिमकर्ता कर्मचारीहरु आन्दोलित भएका छन् ।
भर्ना गरिएका नयाँ कर्मचारीहरु पार्टीका कार्यकर्ता, आसेपासे, आफन्त, नातेदार सहित मोटो रकम लिएर भर्ना गरिएको कर्मचारीहरु रहेको आरोप तालिमकर्ता ईन्द्रजीत गोईतले लगाए ।
यसअघि महाप्रबन्धक झाले कुनै प्रकारको तालिम आयोजना नभएको प्रतिक्रिया दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…