छठ पर्वमा दुई समूहबीचको झडपमा घाईते भएका पटेलको ५६ दिनपछि मृत्यू, मियाँमाथि मुद्दा
उपचार गराउने क्रममा आज ५६ औं दिन उनको मृत्यु भएको अस्पतालका चिक्तिसकले जनाएका छन् ।

२०७८ पुस २२ बिहीबार, बेलुकी ७:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । यस वर्ष छठ पुकाको क्रममा बारा जिल्लाको कलैयामा भएको झडपमा परेर घाइते भएका युवकको मृत्यु भएको छ ।
गम्भीर रुपले घाइते भएका कलैया उपमहानगरपालिका वडा नम्बर १९ ईनरवारी निवासी १७ बर्षिय राधेश्याम पटेलको उपचारको क्रममा मृत्यु भएको हो ।
युवक विगत २ महिनादेखि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचाररत थिए । पटेलको शव हाल पोष्टमार्टमका लागि यहाँस्थित नारायणी अस्पतलामा राखिएको छ ।
गत कत्तिक २४ गते छठपूजाका दिन स्थानियहरु बीच भएको झडपमा परेर पटेल घाइते भएका थिए ।छठ मनाउने क्रममा पटाका पड्काउँने विषयलाई लिएर भएको भनाभनले उग्र रुप लिँदै झडपमा परिणत भएपछि पटेल घाइते भएको स्थानीयले बताएका छन् ।
मुस्लिम समुदायका व्यक्तिहरुले पटाका पड्काउँदा आपत्ती जनाउँदा झडप भएको बुझिएको छ ।
मुस्लिम समुदायका व्यक्तिले आफ्नो अजानको समयमा पटाका पटकाउँदा डिस्टर्ब भएको भन्दै हिन्दु समूहका युवकहरुमाथि खनिएका थिए ।
सामान्य झगडालाई स्थानीय अब्दुलाह ठकुराई, ग्याँसु ठकुराई, लालबाबु ठकुराई, नाजिर हुसैन मियाँ लगायतले उग्र बनाउँदै पटेल लगायतका युवकहरुमाथि विभिन्न घरेलु हतियारले समेत गरेको स्थानीयहरुको दावी गरेका थिए । यद्दपी, प्रहरीले कहिले पनि यसको पुष्टि गरेन ।
झडपमा पटेलसहित सुमन साह, बोलबम साह कानु लगायतका व्यक्ति घाईते भएका थिए । घाईतेमध्ये पटेलको टाउँकोमा गम्भिर चोट लागेका कारण उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।
उपचार गराउने क्रममा आज ५६ औं दिन उनको मृत्यु भएको अस्पतालका चिक्तिसकले जनाएका छन् ।
पटेललाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ९ जनामाथि ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरी कारवाहीको प्रकृया अगाडी बढाएको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कलैया–१९ ईनरवारीका ३० बर्षिय नाजिर हुसैंन मियाँलाई नियन्त्रणमा समेत लिएको छ ।
मियाँ विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरी अहिले पूर्वपक्षको लागि वीरगञ्ज कारागारमा पठाईएको थापाले बताए । अन्य फरार अब्दुलाह ठकुराई, ग्याँसु ठकुराई, लालबाबु ठकुराई लगायत ८ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पटेलको मृत्यु भएको जानकारी पाउनसाथ कलैयामा स्थानीयले केहि बेर चक्काजामसमेत गरेका थिए । घटनामा संलग्न अन्य आरोपितहरुलाई पनि छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै स्थानीयहरुले चक्काजाम गरेका हुन् ।
स्थानीयहरुले पटेलको परिवारलाई सरकारले क्षतिपुर्तीसमेत दिनुपर्ने माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…