विपद र यसबाट बच्न बालबालिकालाई शिक्षा आवश्यकः मेयर बरबरिया
अन्तिम दिन मेयर बरबरियाले बालबालिकाहरुसँग उनीहरुको सिकाई, शैली, बच्ने उपायहरुबारे अन्तरक्रिया गरे ।

२०७८ पुस २१ बुधबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले विपदको बारेमा बालबालिकाहरुलाई ज्ञानको आवश्यकता औल्याए ।
विभिन्न समयमा आपदा विपदाको बेला बालबालिकाहरु अधिक प्रभावित हुन गरेको बताउँदै उनले यसबाट जोगाउनको लागि उनीहरुलाई चेतना र शिक्षाको आवश्यकता औल्याए ।
शहिदनगर नगरपालिकाको कार्यालयले आयोजना गरेको वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै मेयर बरबरियाले बालबालिकाहरुसँग संवाद समेत गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको तीनदिने कार्यक्रममा बरबरियाले भुकम्प, बाढी पहिरो, शितलहर जस्ता विपदको बेला आफूलाई जोगाउन सक्ने आत्मविश्वास बनाउन र तौर तरिकाहरु बारे प्रशिक्षकहरुले उनीहरुलाई आत्मविश्वासबारे प्रकाश पारेको थियो ।
सो कार्यक्रममा शहिदनगर नगरपालिकाभित्रको विभिन्न विद्यालयहरुबाट केही बालबालिकाहरुलाई छनौट गरी छलफल गरेको थियो । कार्यक्रममा कक्षा ५ देखि ८ कक्षासम्मका बालबालिकाहरुलाई सहभागी गराइएको थियो ।
नगरपालिकाको शैक्षिक भवनमा राखिएको सो कार्यक्रम पुस १९ गतेदेखि पुस २१ गतेसम्म सँचालन भएको जनाइएको छ । नगरपालिकाका अधिकृत सत्रुध्न यादव, शिक्षा शाखाका धनेश्वर यादव, विभिन्न वडाका वडाध्यक्षहरुले बालबालिकाहरुलाई प्रोत्साहित गर्दै प्रमाणपत्र समेत वितरण गरेको हो ।
अन्तिम दिन मेयर बरबरियाले बालबालिकाहरुसँग उनीहरुको सिकाई, शैली, बच्ने उपायहरुबारे अन्तरक्रिया गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…