जनकपुरः जाडोले कठ्याँग्रिएर दुई जनाको मृत्यू
जिल्ला विपद व्यवस्थापन समितिको दुई चरणमा बैठक भएपनि उपलब्धी खासै नदेखिएको हो ।

२०७८ पुस २१ बुधबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ
जिल्ला विपद व्यवस्थापन समितिको दुई चरणमा बैठक भएपनि उपलब्धी खासै नदेखिएको हो ।

२०७८ पुस २१ बुधबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को विभिन्न जिल्लामा चलेको शितलहरको कारण कठयाँग्रिएर दुई जनाको मृत्यू भएको रिपोर्ट छ ।
साताको शनिबारदेखि नै चलेको शितलहरको कारण अहिलेसम्म प्रदेश नम्बर २ को धनुषा र सप्तरीमा दुई जनाको मृत्यू भएको हो । उनीहरुको कठयाँग्रिएर मृत्यू भएको जनाइएको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि लगतै रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने ६० वर्षीया समुद्रीदेवी यादवको सोमबार मृत्यू भएको हो ।
यस्तै, प्रदेश नम्बर २ कै सप्तरी जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी बर्ष ६५ को देवनारायण ठाकुरको पनि कठयाँग्रिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए ।
यस्तै, चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन् ।
जाडो बढेपनी स्थानीय तहहरुले त्यसकालागी खासै तयारी गरेको छैन । जिल्ला विपद व्यवस्थापन समितिको दुई चरणमा बैठक भएपनि उपलब्धी खासै नदेखिएको हो ।
धनुषाको विभिन्न स्थानीय तहहरुले जाडो र शितलहर छल्नको लागि दाउरा सहित मोटो कपडाको लागि प्रयास गरिरहेको बताइएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिकाले दाउरा र मोटो कपडा वितरणको तयारी पनि थालेको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…