रेल्वेको तेस्रो पटक ट्रायल, रेल अझै अनिश्चित
सिंहले भने,‘‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट भरपुर सहयोग हुन्छ ।’ यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले रेल चलाउन अझै सम्म लाग्न सक्ने बताए ।

२०७८ पुस २१ बुधबार, बिहान ९:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सँचालनको पर्खाइमा रहेको नेपाल रेल्वेको मँगलबार तेस्रो पटक ट्रायल गरिएको छ ।
ईनरबादेखि जनकपुरधामसम्म मँगलबार ईन्जिनीको ट्रायल गरिएको हो । यद्यपी, रेल कहिलेदेखि चल्ने भने निश्चित अझै भएको छैनन् । भारतीय पक्षले कुर्था–जयनगरको रेल ट्रयाकको भौतिक संरचनाको निरीक्षण गरेपनि संचालन अझै अन्योल कायमै रहेको छ ।
भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोकण) को टोलीले मंगलवार कुर्था– जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधारको निरीक्षण तथा रेल संचालन सम्बन्धी नेपाल तर्फको तयारीको सम्बन्धमा जानकारी लिएको छ ।
भारत बिहारको हाजिपुरबाट आएकोले टोलीले रेल्वेका जयनगरदेखि कुर्था सम्मको भौतिक पूर्वाधारको निरीक्षण गरेका थिए । निरीक्षण पश्चात टोलीले नेपाल रेल्वेका महाप्रबन्धक निरंजन झासँग समेत रेल संचालनको लागि नेपाल सरकारले गरेको तयारीको विषयमा जानकारी लिएका थिए ।
भारत सरकारले नेपालमा चांडो भन्दा चांडो रेल संचालन होस भन्ने चाहना राखेको भन्दै उनले भने,‘ हामीले आफ्नो काम सम्पन्न गरिसकेका छौं । अव नेपाल सरकारले रेल चलाउने हो । हामी आवश्यक सहयोग गर्न तयार छौं ।’
यता, दिन प्रतिदिन रेल्वे ट्रयाकमा लगाइएको क्लिपहरु चोरी भईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘ भारतले बनाएपनि यो नेपालको सम्पति हो । यसको संरक्षण नेपालका प्रहरीले मात्रै नभई यहाँका नागरिकहरुले पनि गर्नु पर्छ।’ रेल कहिलेदेखि संचालन हुन्छ भन्ने प्रश्नमा उनले भने,‘ रेल संचालन गर्ने काम नेपालको हो । हामीले आफ्नो काम गरिसकेका छौ ।
सिंहले भने,‘‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट भरपुर सहयोग हुन्छ ।’ यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले रेल चलाउन अझै सम्म लाग्न सक्ने बताए ।
रेल संचालन सम्बन्धी कानून बनेपनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताए ।
२०७७ असोज २ गते रेल नेपालमा ल्याइए पनि केही दिन अघि मात्रै नेपाल रेल्वे कम्पनीको नाममा रेल दर्ता भएको झाले बताए । रेल्वे ट्रयाकको करिव १४ हजार क्लिप पुनः चोरी भईसकेको उनले जानकारी दिए ।
नेपाल सरकारले भारतीय रेल्बे कम्पनी कर्पोरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरेका दुई सेट रेल संचालन भएर लामो समयदेखि धनुषाको इनरवा स्टेशनमा थन्काएर राखिएको छ । लामो समयदेखि एक्कै ठाउँमा रेल राखिएकोले रेलको बैट्री, पिस्टन लगायतका समानहरु खराब भईसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…