किसान आन्दोलन: फेरी जलायो एक ट्रक, जनमतका तीन नेता कार्यकर्ता पक्राउ
किसानहरुलाई समयमा मल, खाद, बीउ उपलब्धताको माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको छ । सोही क्रममा पूर्व पश्चिम राजमार्ग अनिश्चितकालको लागि बन्दको आह्वान गरेको छ ।

२०७८ पुस १९ सोमबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ मा जारी किसान आन्दोलनको क्रममा धनुषामा पनि एक ट्रकमा आगजनी गरेको छ ।
प्रदेश नम्बर २ को धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १ छघरियास्थित जनमत पार्टीका कार्यकर्ताहरुले ट्रकमा आगजनी गरिदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार दिउँसो करिब ३ः२० बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना १ क ७७६९ नम्बरको ट्रकलाई प्रदर्शनकारीहरुले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दिउँसो पश्चिमबाट पूर्वतर्फ खाली सिसिबोतल लोड गरी जाने क्रममा जनमत पार्टीले आह्वान गरेको बन्दमा ट्रक चलाएको भन्दै आगजनी गरेको हो ।
किसानहरुको तर्फबाट आन्दोलनमा होमिएका जनमत पार्टीका आक्रोसित नेता कार्यकर्ताहरुले ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीक अनुसार, सो घटनामा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओम विक्रम कुशवाहा, चन्दन कुमार साह र नविन पण्डित रहेका छन्
उनीहरुलाई ट्रकमा आगो लगाएको आरोपमा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
सोमबार बिहान नै सिरहा जिल्लाको मिर्चैयास्थित विहान ६ बजे एक ट्रकमा अज्ञात व्यक्तिले आगजनी गरिदिएको थियो । यद्यपी, आगजनी गर्नेमा जनमतकै कार्यकर्ता हुन सक्ने आशँका प्रहरीको छ ।
किसानहरुलाई समयमा मल, खाद, बीउ उपलब्धताको माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको छ । सोही क्रममा पूर्व पश्चिम राजमार्ग अनिश्चितकालको लागि बन्दको आह्वान गरेको छ ।
बन्दको अवज्ञा गरेको भन्दै विभिन्न ठाउँमा सवारी साधनहरु जलाएको रिपोर्ट छ । प्रहरीले राजमार्ग खुलाउन जाँदा झडप समेत हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…