सिरहामा फेरी बिहानै जलाइयो ट्रक, ट्रक जलेर ध्वस्त
जनमत पार्टी र किसानहरुले बिहान १० बजेपछि मात्र राजमार्ग बन्द गर्न राजमार्गमा आउने गरेका छन् ।

२०७८ पुस १९ सोमबार, बिहान ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित पुनः एक ट्रकमा आगजनी गरिएको छ ।
पूर्व पश्चिम राजमार्गको सिरहा मिर्चैयास्थित सोमबार बिहान करिब ६ बजेको समयमा ट्रकमा आगजनी गरिएको हो । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र किसानहरुले सँयुक्त रुपमा राजमार्ग बन्दको आह्वान गरेको छ ।
मिर्चैयाको बतहा ब्रिज (बतहा पूल) स्थित आज बिहानै ना ४ ख १००९ नम्बरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरि ओलीले चालकलाई कुटपिट गरी ट्रकमा आगजनी गरेको बताए । उनले घाईते चालकको उपचार भइरहेको बताए ।
यसअघि पनि जनमतका कार्यकर्ताले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएको थियो । किसान आन्दोलन गरिरहेका जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग अनिश्चितकालिन बन्दको घोषणा गरेको छ ।
चालकमाथि कुटपिट गरी गाडीमा आगजनी गरेकाले जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीको भनाई छ । यद्यपी, किसान आन्दोलनलाई प्रभावित पार्न अन्य कुनै राजनीतिक दलको षडयन्त्र हुने सक्ने बुझिाएको छ ।
जनमत पार्टी र किसानहरुले बिहान १० बजेपछि मात्र राजमार्ग बन्द गर्न राजमार्गमा आउने गरेका छन् । बिहानै ६ बजे नै ट्रकमा आगजनी गर्नु षडयन्त्रपूर्वक जनमतका कार्यकर्तामाथि थुपार्न खोजेको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…