आन्दोलनरत किसानमाथि प्रहरीले चलाए गोली, पाँच किसान घाईते, दुईको अवस्था गम्भिर !
प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।

२०७८ पुस १८ आइतबार, दिउँसो २:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको पोर्ताहामा किसानमाथि प्रहरीले गोली चलाएको छ ।
धनुषाको पोर्ताहामा किसान आन्दोलन अन्तर्गत राजमार्ग बन्द गराएका जनमतका कार्यकर्ता र किसानमाथि प्रहरीले गोली चलाएको छ ।
गोली प्रहारबाट ५ जना जनमतका कार्यकर्ता घाईते भएका छन् । जसमध्ये २ जनाको टाउँकोमा गोली लागेर गम्भीर घाइते भएका हुन् ।
प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…