जनकपुरः कारले मोटरसाईकललाई १० फिटमाथि उडायो, महतोको अवस्था गम्भिर ! (भिडियो सहित)
अहिले दुवै जना ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।

२०७८ पुस १८ आइतबार, बिहान ८:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको नक्टाझिझमा कारले मोटरसाईकल उडाउँदा एक जना गम्भिर घाईते भएका छन् ।
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजस्थित विश्वकर्माचौकमा शनिबार (फस्ट जनवरी) को दिउँसो भारतीय कारले मोटरसाइलकलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजका ५० वर्षीय राजकुमार महतो रहेको प्रहरीले जनाएको छ ।
घाइते राजकुमार महतोको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । अहिले महतोको उपचार जनकपुरस्थित गोदावरी अस्पतालमा भईरहेको बताइएको छ ।
जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत नक्टाझिजको विश्वकर्माचौकमा जनकपुरबाट ढल्केवरतर्फ गईरहेको तिव्र गतिमा रहेको बी आर ०६ बी एल २३१५ नम्बरको भारतीय कारले बाटो क्रस गर्दै गर्दा महतो सवार ना. ४१. प ७७७ नम्बरको मोटरसाइकलमा जेब्रा क्रसिंग नजिकै ठक्कर दिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
कारले ठक्कर दिएपछि मोटरसाइकल करिव १० फिट माथि उड्दा चालक महतो करिव १० मिटर अगाडी र मोटरसाइकल करिव २५ मिटर अगाडी गएर खसेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
महोत्तरीको भिठ्ठामोड नाकाबाट आएको सो भारतीय गाडी पिकनिक मनाउन पोखरिया जाँदै थियो । कारमा ४ जना सवार रहेको बताइएको छ ।
घटनापछि कार लिएर भाग्दै गर्दा स्थानीयहरुले मोटरसाइकल लिएर लखेट्दै घेरेका थिए । घेरेपछि कारमा रहेको २ जना ओर्लेर भाग्न सफल भएको र कार चालक र एक जनालाई स्थानीयहरुले नियन्त्रणमा लिएको थियो ।
अहिले दुवै जना ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।
सो कारमा सवार चारैजना महेन्द्रनगरमा खानासँगै रक्सी समेत खाएका थिए भने कारमा सवार पक्राउ परेका भारत सितामढी जिल्ला रधाउरमोर सुरगहिया १६ का संतोष कुमार सिंहले प्रहरीलाई बयान दिएको छ ।
कार चालक पनि सितामढी जिल्लाकै शंकर नामको व्यक्ति रहेको बताइएको छ । सीतामढीको अखारघनी गाउँ बस्ने ३३ बर्षिय शँकर प्रसाद रहेको प्रहरीले जनाएको छ ।
यता, दुर्घटनामा गम्भिर घाईते भएका महतोलाई जनकपुरमा केही बेर उपचारपछि थप उपचारको लागि काठमान्डौँ रिफर गरेको हो । चालक र अन्य एक जना अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…