मिर्चैयामा पाँचदिने नि:शुल्क योग बिज्ञान शिविर सुरु
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १० चैत्र । स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ यहाँ घर-घरमा योग नारासहित मिर्चैया-६ मा पाँचदिने योग विज्ञान शिविर सञ्चालन गरिएको छ । पतञ्जली योग समिति मटियर्वाको आयोजनामा श्री प्राथमिक विद्यालय मिर्चैया-६ मटियर्वाको परिसरमा शिविर सुरु भएक

२०७४ चैत १० शनिबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १० चैत्र । स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ यहाँ घर-घरमा योग नारासहित मिर्चैया-६ मा पाँचदिने योग विज्ञान शिविर सञ्चालन गरिएको छ । पतञ्जली योग समिति मटियर्वाको आयोजनामा श्री प्राथमिक विद्यालय मिर्चैया-६ मटियर्वाको परिसरमा शिविर सुरु भएको हो ।
शनिबारदेखि बुधबारसम्म चल्ने सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ । योग शिविर विहान ४:३० देखि ६:३० बजेसम्म सञ्चालन भइरहेको छ । शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइने आयोजकले जनाएका छन् ।
मिर्चैया-६ स्थित रहेको श्री प्रावि मटियर्वाको प्राङ्गणमा मिर्चैया नगरपालिकाका प्रमुख मेयर श्रवण कुमार यादवले शिविरको समुद्घाटन गरेका हुन् । उनले योगले मानिसलाई स्वस्थ्य बनाउने भएकाले रोगको बाटो छेक्न योगले महत्वपूर्ण भूमिका खेलेको बताए ।

योग शिविरमा पतञ्जली योग समिति नेपालका सगरमाथा अञ्चल प्रभारी एवम् वरिष्ठ योग प्रशिक्षक मिस्टर प्रसाद चौधरीले योग प्रशिक्षण दिनेछन् । योगले मानिसलाई स्वास्थ्य रहन मद्दत पुग्ने योग प्रशिक्षक चौधरीले बताए । उनले योग विनाको संसारको कल्पना गर्न समेत नसकिने बताउनुभयो ।
आजको समुद्घाटनसत्र कार्यक्रममा मिर्चैया नगरप्रमुख श्रवण कुमार यादव, उपप्रमुख जिबछी देवी साह, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, योग समिति मटियर्वाका अध्यक्ष पशुपति यादव, पतञ्जली योग समितिका जिल्ला सदस्य बिरेन्द्र यादव, महामन्त्री बलदेव यादव, सप्तरी योग प्रशिक्षक सुभेश चन्द्र दास, मिर्चैया योग समितिका उपाध्यक्ष भरत महासेठ, सल्लाहकारहरु प्रदीप तिवारी, रामनाथ यादव, संतोष महासेठ र सिकिया यादव, सदस्यहरु किशोरी साह, रामप्रताप यादव, प्रमोद साह, रिना ठाकुर लगायत विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक, स्थानीय व्यापारी, युवा, युवती, गृहणी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, संचारकर्मी लगायत २०० बढीको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…