कमला नगरपालिकामा ताला उपर ताला, झण्डै कुटिए नटवरलाल भनिने 'जुक्तीराम'
किसानहरुले सहज रुपमा मल, खाद, बीउ नपाएको भन्दै तालाबन्दी गरेको हो ।

२०७८ पुस १५ बिहीबार, बेलुकी ५:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा तालामाथि तालाबन्दी गरिएको छ ।
कमला नगरपालिकाको विभिन्न वडाबाट आएका किसानहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले मलखादको व्यवस्था गर्नुपर्ने भन्दै नगरपालिकामा तालाबन्दी गरेको हो ।
बुधबार मात्र उपभोक्ता समितिले कमला नगरपालिकामा तालाबन्दी गरेको थियो भने विहिबार किसानहरुले समेत नगरपालिकामा तालाबन्दी गरेको हो ।
कमला नगरपालिकामा उपभोक्ता समितिहरुले विकास निर्माणको काम गर्दा राखिएको धरौटी फिर्ताको माग गर्दै बुधबार तालाबन्दी गरेको थियो । उनीहरुले जिन्सी शाखा सहित कार्यालयको मुख्यद्धारमा तालाबन्दी गरेको हो ।
यस्तै, विभिन्न वडाबाट आएका केही किसानहरुले नगरपालिकाको ग्राउण्डद्धारमा तालाबन्दी गरेको हो । किसानहरुले तालामाथि ताला लगाएको छ ।
किसानहरुले सहज रुपमा मल, खाद, बीउ नपाएको भन्दै तालाबन्दी गरेको हो । उनीहरु डा. सिके राउतको किसान आन्दोलनबाट प्रभावित भएर कमला नगरपालिकामा तालाबन्दी गरेको हो ।

सोही क्रममा तालाबन्दी गर्न कमला नगरपालिकाको कार्यालय पुगेका नटवरलाल भनिने गाउँले नेता जुक्तीराम रान (यादव) झण्डै कुटिएका छन् ।
विभिन्न समयमा नगर प्रमुख राम उदगार गोईत कार्यालय बाहिर हुँदा तालाबन्दीको फिराकमा घुमिरहने जुक्तीरामलाई किसानहरुले नै झण्डै कुटेका छन् ।
केही वृद्धवृद्धाहरुलाई ल्याएर केही दिन अघि भाषण गरी फर्केका जुक्तीराम नगर प्रमुख गोईत काम बिशेषले बाहिर हुँदा पुनः तालाबन्दी गर्न नगरपालिका आएका थिए । तर, त्यतिबेला नै किसानहरु समेत तालाबन्दी गर्न आएको र उनले लाउडस्पीकरमा भाषण गर्न थालेपछि माहौल तातिएको थियो ।

जुक्तीरामसँग बढीमा करिब १ दर्जन बृद्धबृद्धाहरु तालाबन्दीको लागि नगरपालिका पुगेको थियो । तर, असल किसानहरु मोटो सँख्या पुगेपछी उनले हिरोगिरी गर्न खोज्दा उनलाई कुटपिटको माहौल सृजना भएको थियो । माहौल बनेपछि जुक्तीराम तत्कालै त्यहाँबाट भागेका थिए ।
नगर प्रमुख गोईत पार्टीको विशेष बैठकको कारण करिब एक महिनादेखि बाहिर रहेको दाबी गरेका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर गोईतले काम विशेषले बाहिर रहेको र आईतबार कार्यालय पुग्ने जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…