भोली जनकपुरसहित यी जिल्लाहरुमा चक्काजामको घोषणा
सिरहामा स्थानीय प्रशासनले मँगलबार लगाएको निषेधाज्ञा तोडेर सिरहाको मिर्चैयामा प्रदर्शन गरेका हुन् ।

२०७८ पुस १३ मंगलबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोली बुधबार प्रदेश नम्बर २ को विभिन्न जिल्लामा जनमत पार्टीले चक्काजामको घोषणा गरेको छ ।
बुधबार प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसहित धनुषा जिल्लाभरि चक्काजामको घोषणा गरिएको हो । बुधबार धनुषाभरि चक्काजाम हुनेछ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन समिति धनुषाले एक प्रेस विज्ञप्ति जारी गर्दै बुधबार धनुषा जिल्लामा पनि चक्काजाम गर्ने निर्णय गरेको जनाइएको छ ।
आन्दोलन समितिका सँयोजक दीप नारायण यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सिरहा जिल्लामा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउँदै धनुषामा पनि भोली चक्काजाम गर्ने भएको छ ।
यसका साथै, जनमत पार्टीले प्रदेश नम्बर २ को रौतहट जिल्लामा समेत भोली बुधबार चक्काजाम गर्ने निर्णय गरिएको हो । किसान आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भोली चक्काजामको घोषणा गरेको हो ।
सिरहामा स्थानीय प्रशासनले मँगलबार लगाएको निषेधाज्ञा तोडेर सिरहाको मिर्चैयामा प्रदर्शन गरेका हुन् । पक्राउ गरिएका किसानहरुको रिहाईको माग गर्दै जनमत पार्टीले आन्दोलनको घोषणा गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…