सिरहामा करफ्यू तोडेर सिके राउतका कार्यकर्ताले गरे सडक कब्जा
झडपको क्रममा कोही पनि घाईते नभएको र कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

२०७८ पुस १३ मंगलबार, दिउँसो २:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको चक्काजामको क्रममा निषेधाज्ञालाई तोडेर सडक कब्जा गरेका छन् ।
डा. राउत नेतृत्वको जनमत पार्टीले मँगलबार दिउँसो सिरहा जिल्लाको मिर्चैयास्थित प्रशासनले लगाएको निषेधाज्ञा तोडेर निषेधाज्ञा क्षेत्र कब्जा गरी प्रदर्शन गरेका छन् ।
सिरहा प्रशासनले मँगलबार र बुधबार गरी दुई दिन लगाएको निषेधाज्ञाको पहिलो दिन मिर्चैया बजारमा प्रहरीलाई भगाएर कोण सभा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले मँगलबार र बुधबार दुई दिन सिरहाको दुई ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । सो निषेधाज्ञा तोडेर कार्यकर्ताहरुले कोणसभा गरेका छन् ।
प्रशासनले निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कुनै पनि सभा, सम्मेलन, नारावाजी, हिडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो । सिके राउतका कार्यकर्ताहरुले सोही क्षेत्रमा निषेधाज्ञा तोडेर प्रवेश गरी कोण सभा गर्न सफल भएका छन् ।
सो क्रममा दुई तर्फा झडप समेत भएको थियो । झडपको क्रममा कोही पनि घाईते नभएको र कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…