सिरहामा आज चक्काजामको घोषणा
सोही क्रममा आईतबार पुस ११ गते जिल्लाव्यापी रुपमा सिरहामा आम हडतालको घोषणा गरेको थियो ।

२०७८ पुस १२ सोमबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लामा आज जिल्लाव्यापी चक्काजामाको घोषणा गरिएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आज सोमबार जिल्लाभरि चक्काजामको घोषणा गरेको हो । आईतबार नै किसान आन्दोलन समितिका सँयोजक पवन यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार चक्काजाम गरेको हो ।
आईतबार सिरहा जिल्लाको विभिन्न ठाउँमा आधा दर्जन बढी सवारी साधानमा तोडफोड र आगजनी गरेको जनमत पार्टीले किसानको तर्फबाट आन्दोलन गरिरहेको भन्दै पक्राउ गरिएको किसानहरुलाई रिहाईको माग गर्दैछन् ।
किसानकै लागि आएको गहुँको बीउ किसानलाई नदिएपछि किसानहरुले आफूखुसी गोदामबाट लगेपछि चार जना किसानमाथि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले किसानको तर्फबाट उनको रिहाईको माग गर्दै आन्दोलन थालेको हो ।
सोही क्रममा आईतबार पुस ११ गते जिल्लाव्यापी रुपमा सिरहामा आम हडतालको घोषणा गरेको थियो । आम हडताललाई उलंघन गरेको भन्दै आधा दर्जन सवारी साधनमा तोडफोड र आगजनी गरेको थियो ।
जनमत पार्टीले किसानहरुको लागि मल र बीउ किसानको लागि समयमै व्यवस्था गर्नुपर्ने, पक्राउ गरिएका किसानहरुलाई अविलम्ब रिहा गर्नुपर्ने, किसानलाई विद्युत सिँचाई बिल्कुल फ्रि गर्नुपर्ने, किसानहरुको उब्जनी र बालीनालीलाई उचीत बजार मूल्य कायम गर्नुपर्ने लगायतका ७ बुँदे मागहरु अघि सारेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…