सिके राउतका समर्थकहरुले ट्रकमा आगो फुके, ट्रक जलेर ध्वस्त
आगलगीबाट ना ५ ख ५५२२ नम्बरको ट्रक क्षतिग्रस्त बनेको छ

२०७८ पुस ११ आइतबार, दिउँसो ३:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको आम हडतालमा पनि यातायात चलाएको भन्दै आगो लगाईदिएका छन् ।
किसानहरुको तर्फबाट आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै आह्वान गरेको आम हडतालको क्रममा ट्रक चलाएको भन्दै आईतबार दिउँसो ट्रकमा आगजनी गरिदिएको छ ।
सिरहाको चोहर्वामा जनमत पार्टीका कार्यकर्ताहरुले ट्रकमा आगजनी गरेका छन् । आमहड्तालको उल्लंघन गरेको भन्दै ट्रकमा आगो लगाएका हुन् ।
आगलगीबाट ना ५ ख ५५२२ नम्बरको ट्रक क्षतिग्रस्त बनेको छ । प्रहरीले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । ट्रकमा आगो लगाएपछि राजमार्ग ठप्प भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…