भोली आम हडतालको घोषणा, स्कूल कलेज बन्द हुने
विद्यालय, कलेज, कल कारखाना, यातायात बन्द गर्न जनमत पार्टी सिरहाले आव्हान गरेको हो ।

२०७८ पुस १० शनिबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । भोली आईतबार एक दिने आम हडतालको घोषणा गरिएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा एक दिने आमहडतालको घोषणा गरेको हो ।
आफ्नो हकको गहुँको बीउ लिएपछि किसानलाई पक्राउ गरेको भन्दै सोही विरोधमा भोली आईतबार सिरहा जिल्लाभरि आमहडतालको घोषणा गरिएको छ ।
जनमत पार्टी सिरहा जिल्ला कार्य समितिले एक विज्ञप्ती जारी गर्दै सिरहा जिल्लाभरि अति आवश्यक कार्य बाहेक आम हडतालको घोषणा गरिएको हो ।
सिरहाको औरही गाउँपालिकामा गत मँगलबार आफ्ना आसेपासे र कार्यकर्तालाई मात्र गहुँको बीउ दिने उदेश्यले असल किसानको हक मारेपछि किसानहरुले गहुँको बीउ लगेका थिए ।
सोही आरोपमा सार्वजनिक उपद्रव गरेको आरोपमा चार जना किसानमाथि मुद्दा दायर गरेको भन्दै मुद्दा फिर्ता सहित पक्राउ गरिएका किसान मिथिलेश यादवलाई रिहाईको माग गर्दै हडताल गर्ने भएको छ ।
जनमत पार्टीको सिरहा जिल्ला कार्य समितिका अध्यक्ष पवन कुमार यादवले विभिन्न ७ बुँदे माग राखी भोली आईतबार आम हडतालको घोषणा गरेको बताइएको छ । सो क्रममा अत्यावश्यक सेवाहरु सबै सुचारु नै रहने जनाइएको छ ।
विद्यालय, कलेज, कल कारखाना, यातायात बन्द गर्न जनमत पार्टी सिरहाले आव्हान गरेको हो । आमहडतालको पूर्व सन्ध्यामा सिरहामा मशाल जुलुस समेत निकालिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…