'जनकपुरधाम हामीलाई पसन्द छैन, राजधानी जनकपुर बन्दैन': राज्यमन्त्री यादव
उनले ‘यदी मधेश तपाईलाई मधेश पसन्द छैन् भने जनकपुरधामपनि हामीलाई पसन्द छैन् ।’ भने ।

२०७८ पुस ९ शुक्रबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । २ नम्बर प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाममा सहमति नभए जनकपुरधाम पनि राजधानी नबन्ने बताएका छन् ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट बोल्दै राज्यमन्त्री यादवले प्रदेशको नाम मधेश प्रदेश नभए राजधानी जनकपुरधाम नहुने चेतावनी दिए ।
प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै उनले राजनीतिक सवालको राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै पनि प्रदेशको नाम र स्थायी राजधानी दिन नसक्ने बताए ।
उनले भने–“यदी स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्विकार गर्ने भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगाओस यो मेरो मिथिलावासीसँग आग्रह हो ।’
राज्यमन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने भन्दै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपनि मेरो तब हुन सक्छ हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरा तर्फ लागौँ ।
उनले ‘यदी मधेश तपाईलाई मधेश पसन्द छैन् भने जनकपुरधामपनि हामीलाई पसन्द छैन् ।’ भने ।
जनता समाजवादी पार्टीले २२ जिल्लाको मधेश भूमिलाई ८ जिल्लामा सिमित गरी प्रदेश २ को नाम मधेश राख्ने प्रस्ताव गर्दै आएका छन् । जसपाले आफ्नो अधिकारिक पोष्टर, पम्पलेटदेखि लिएर लेटरहेडसम्म प्रदेश नम्बर २ लाई मधेश भनेर नाम बोलाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…