सिरहामा आफ्नै श्रीमतिले चिरपटले हान्दा श्रीमानको मृत्यू
श्रीमतिको कुटाईबाट मृत्यू भएका बिकको लाखस धनगढिमाई नगरपालिका वडा नम्बर १३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो ।

२०७८ पुस ९ शुक्रबार, बिहान ७:०८ बजे१ मिनेट पढाइ
सबिन यादव, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आफ्नै श्रीमानलाई चिरपटले हान्दा एक पुरुषको मृत्यू भएको छ ।
सिरहा जिल्लाको धनगढिमाई नगरपालिका(१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको हो ।
आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया बिकले दाउराको चिरपटले टाउकोमा हिर्काई गम्भीर घाइते भएका टेक बहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
श्रीमतिको कुटाईबाट मृत्यू भएका बिकको लाखस धनगढिमाई नगरपालिका वडा नम्बर १३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…