गोलबजारमा छुरा प्रहार गरी युवक हत्या प्रकरणमा पाँच जना पक्राउ
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर,जिल्ला प्रहरी कार्यालय सिराहा तथा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न मध्ये पाँच जना प्रतिवादिहरुलाई पक्राउ गरेको हो ।

२०७८ पुस ७ बुधबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा ।सिरहा गोलबजार नगरपालिका वडा नम्बर ६ डोहटिया छुरा प्रहारबाट हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गोलबजार–२ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नं. ६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
गत पुस ३ गते राती करिब ८ः२५ बजेको समयमा जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नम्बर ६ स्थितमा छुरा प्रहारबाट घाईते भएका राम कुमार सदाको मृत्यू भएको घटनाको अनुसन्धानको सिलसिलसमा उनीहरुलाई पक्राउ गरिएको हो
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर,जिल्ला प्रहरी कार्यालय सिराहा तथा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न मध्ये पाँच जना प्रतिवादिहरुलाई पक्राउ गरेको हो ।
पाँचै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको साथै घटनामा संलग्न भई फरार रहेकाहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…