पूर्व–पश्चिम राजमार्ग बन्द, हजारौँ सवारी साधन जकथक
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७८ पुस ४ आइतबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित शनिबार भएको घटनाको विरोधमा आईतबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।
शनिबार पूर्व पश्चिम राजमार्गमै पर्ने सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ६ डोहटियामा छुरा प्रहारबाट एकजनाको ह त्या गरेको विरोधमा पूर्व पश्चिम राजमार्ग आईतबार विहानैदेखि अवरुद्ध गरिएको छ । सोही घटनामा एक जना घाईते समेत भएका छन् ।
युवक ह त्याको विरोधमा उनका गाउँ डोहटिया टोलका स्थानीयहरु गोलबजार आएर पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अबरूद्ध पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।
उनीहरु ईलाका प्रहरी कार्यालय गोलबजार अगाडी र राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरु बजारसमेत बन्द गराउँदै हिँडेका छन् ।

शनिबार साँझै गोलबजार नगरपालिका वडा नम्बर ६ डोहटियामा दुई समूहबीच भएको विवादको क्रममा छु रा प्र हार गरिएको थियो । जसमा छु रा प्र हारबाट स्थानीय २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा धनगढीमाई नगरपालिका ९ स्थित रहेको आरके मेरिसीटी अस्पतालमा भयो । छु रा प्र हारबाट घाइते स्थानीय १९ वर्षका युवक निकेश सदाको सोहि अस्पतालमा उपचार भइरहेको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका हुन् ।
शनिवार राति घर जाने क्रममा दुवै जनामाथि अज्ञात समूहले छु रा प्र हार गरेको बताइएको छ ।
घटनामा संलग्नको पहिचान हुन नसकेको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।
सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक युवकको ज्यान गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…