धनुषाको हरिपुरमा ६० विपन्न परिवारलाई ब्लैन्केट
विदेशमा बस्ने हरिपुर युवा एकता समाजका पदाधिकारी तथा सदस्यहरुले आफ्नो गाउँ आफैँ बनाउन नारा सहित सो गाउँमा कसैलाई समस्या परेको बेला आर्थिक सहयोग देखि लिएर अन्य सबै सहयोगहरु गर्दै आएका छन् ।

२०७८ पुस २ शुक्रबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हरिपुर गाउँका अति विपन्न ६० परिवारलाई राहत स्वरुप ब्लैन्केट वितरण गरिएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरस्थित न्यू हरिपुर युवा एकता समाज सेवाद्धारा सो गाउँका ६० जना विपन्न, अपाँग, असहायलाई न्यानो राहत स्वरुप बलैन्केट वितरण गरिएको हो ।
सो गाउँका वैदेशिक रोजगारीका विदेश बस्ने युवाहरुको एक समूहले एक एक पैसा जम्मा गरी आफ्नो गाउँ सेवामा समर्पितता जनाउँदै गरिब र असहायलाई ब्लैन्केट वितरण गरेको हो ।
विदेशमा बस्ने हरिपुर युवा एकता समाजका पदाधिकारी तथा सदस्यहरुले आफ्नो गाउँ आफैँ बनाउन नारा सहित सो गाउँमा कसैलाई समस्या परेको बेला आर्थिक सहयोग देखि लिएर अन्य सबै सहयोगहरु गर्दै आएका छन् ।
चिसो र शितलहरको मौसम सुरु भएपछि असहाय परिवारलाई चिसो छल्नको लागि ब्लैन्केट प्रदान गरेको समाजका सदस्य मोक्तार हुसैनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…