धनुषाको प्र.खे महुवामा १५१ महिलालाई जुम नेपालको साडी
सो क्रममा बोल्दै युवा नेता साहले स्थानीय जनप्रतिनीधिहरुले नागरिकलाई वेवास्ता गर्न थालेपछि आफूले जुम नेपालको सहयोगमा महिलाहरुलाई साडी सहयोग गरेको बताए । समाजिक सँस्था जुम नेपालले साडी उपलब्ध गराएको हो ।

२०७८ मंसिर २९ बुधबार, बेलुकी ७:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको महुवास्थित १ सय ५१ विपन्न एवम् दलित महिलाई साडी वितरण गरिएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ प्र.खे महुवामा एक कार्यक्रमको आयोजना गरी समाजिक सँस्था जुम नेपालको सहयोगमा स्थानीय गरिब, विपन्न, दलित महिलालाई साडी प्रदान गरिएको हो ।
बढदै गएको चिसोको कारण बर्षेनी कैयौं जनाको ज्यान जाने गरेको तथा विपन्न र दलित महिलाहरुलाई वस्त्र अभाव नहोस भन्ने उदेश्यले १ सय ५१ महिलालाई साडी वितरण गरिएको हो ।
स्थानीय अशोक कुमार शर्माको अध्यक्षता तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता मनोज कुमार साहको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी साडी वितरण गरिएको हो ।

सो क्रममा बोल्दै युवा नेता साहले स्थानीय जनप्रतिनीधिहरुले नागरिकलाई वेवास्ता गर्न थालेपछि आफूले जुम नेपालको सहयोगमा महिलाहरुलाई साडी सहयोग गरेको बताए । समाजिक सँस्था जुम नेपालले साडी उपलब्ध गराएको हो ।
स्थानीय जनप्रतिनीधिहरुले शिक्षा, स्वास्थ्य र आम नागरिकको राज्यको मूलधारमा अझै पहुँच बनाउन नसकेकोप्रति खेद प्रकट गर्दै भोँट मात्र माग्ने जनप्रतिनीधिलाई बष्हिकार गर्न आग्रह समेत गरे ।
स्थानिय शिव कुमार मण्डल, रफिक कवाडी ,उत्तिमलाल पासवान, गनेश पासवान, प्रदिप साह, सन्जिव महतो, सन्जिव मण्डल, राकेश गुप्ता लगायका व्यक्तिहरुले प्रत्यक्ष रुपमा सहयोग गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…