धान र घरमा आगो लगाउनेलाई कारवाही गर्दै पीडितले क्षतिपूर्ति पाउँछ : उपाध्यक्ष कार्की
उनले भनिन,–“यो समान्य घटना होईनन, कसैले नियतवस घरमा आगो लगाएको प्रष्टै देखिन्छ । १ विघा जमिनमा लगाएको धानको बोझामा पनि आगो लगाएको देखिएको छ । परालको कून्यूमा पनि आगो लगाएको देखिएको छ । अनुमान गरेपनि कम्तीमा २ लाख रुपैयाँ भन्दा अधिकको क्षति भएको देखिन्छ । राहतको लागि निवेदन माग गरेका छौँ, निवेदन दिएपछि हामी गाउँपालिकाबाट अध्यक्ष ज्यूको समन्वयमा राहत उपलब्ध गराउनेछौँ ।”

२०७८ मंसिर २७ सोमबार, बिहान ८:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ उदहास्थित एक किसानको घर सहित धानमा आगो लगाइदिएको घटनाप्रति जनकनन्दिनी गाउँपालिकाकी उपप्रमुख भारती कार्कीले दोषीलाई कारवाहीको आश्वासन दिएकी छन् ।
गत मँसिर १७ गते शुक्रबार राती करिब ११ बजेको समयमा स्थानीय सत्यनारायण मण्डलको आपँ बगैँचामा रहेको घर र धानको बोझामा नियतवस आगो लगाइदिएपछि २ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको थियो ।
आगो लागेर धान तथा घर जलेर नष्ट भएपछि खवर पाए लगत्तै घटनास्थल पुगेकी उपप्रमुख कार्कीले प्रहरीसँग समन्वय गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने आश्वासन दिइन् । उनले क्षतिपूर्तिको लागि गाउँपालिकामा निवेदन दिन पीडित परिवारलाई आग्रह गर्दै राहत उपलब्ध गराउने आश्वासन समेत दिइन् ।

आगो लगाएको स्थलमा आफैँ पुगेर उपप्रमुख कार्कीले घटनास्थलको अवलोकन गरिन् । सो क्रममा उनले धानको बोझा सहित घर र केही ठुल ठुला रुखहरु समेत जलेर ध्वस्त भएको बताउँदै राहत उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरिन् ।
उनले भनिन,–“यो समान्य घटना होईनन, कसैले नियतवस घरमा आगो लगाएको प्रष्टै देखिन्छ । १ विघा जमिनमा लगाएको धानको बोझामा पनि आगो लगाएको देखिएको छ । परालको कून्यूमा पनि आगो लगाएको देखिएको छ । अनुमान गरेपनि कम्तीमा २ लाख रुपैयाँ भन्दा अधिकको क्षति भएको देखिन्छ । राहतको लागि निवेदन माग गरेका छौँ, निवेदन दिएपछि हामी गाउँपालिकाबाट अध्यक्ष ज्यूको समन्वयमा राहत उपलब्ध गराउनेछौँ ।”
गाउँपालिकाको विपद व्यवस्थापन समिति मार्फत पीडित परिवारलाई राहत उपलब्ध गराउने जनाउँदै उपप्रमुख कार्कीले धानमा आगो लगाउने व्यक्तिको खोजी ईलाका प्रहरी कार्यालय खजुरीले जारी राखेको बताइन् ।

आगोले घर, धान र दमकलसहितका कृषि उपकरण जलेर नष्ट भएपछि मात्रै प्रहरी पुगेको थियो ।
आगो लगाउनेको पहिचान नभएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगो लगाएर धान, घर र कृषि उपकरणहरु जलाइदिएपछि किसान मण्डल चिन्तित बनेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…