नगरपालिकाको एउटै वडामा १०० सयबढी पशु मरे
उनले प्रभावित वस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालनका लागि पहल गर्न समेत सरकारसंग माग अघि सारेका छन् ।

२०७८ मंसिर २६ आइतबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरी जिल्लास्थित एक स्थानीय तहको एउटै वडामा १०० बढी पशुचौपाया मरेको खवर प्राप्त भएको छ ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउंपालिका–४ लालापट्टीमा चौपायामा खोरेत रोगको प्रकोप सुरु भएको छ । एक साता यतादेखि सो गाउंका एक सय भन्दा बढी पशु चौपाया खोरेत रोगको कारण मरेका छन् ।
चौपायाको मुखमा घाउ हुने, ¥याल बग्ने, खुट्टामा घाउ हुने लगायतका लक्षण देखिएको र सोही कारणले एक सय भन्दा बढी चौपाया मरेको पशुपालक किसानहरुले जनाएका छन् ।
सो गाउंका वासिन्दा समेत रहेका पूर्वमन्त्री उमेश कुमार यादवका अनुसार हालसम्म पशु पालक योगेन्द्र यादव, सत्यनारायण यादव, परशुनारायण यादव, किशोर यादव लगायत दर्जनौं पशुपालकका सय भन्दा बढी गाई, भँैसी, बाख्रा र बोकाहरु उक्त रोगको प्रकोपबाट मरेको हो ।
पशुपालक योगेन्द्र यादवका अनुसार कुनै पशुलाई मुखमा घाउ हुने, कसैलाई अत्यधिक ¥याल बग्ने त कसैलाई खुट्टामा घाउ हुने लगायतको संक्रमण देखिएको छ ।
अर्का पशुपालक किशोर कुमार यादवले गाउंका थुप्रै चौपायामा यस्तो समस्या देखिएको बताए । गाउंका पशुमा देखिएको रोगको प्रकोपले आफूहरु समस्यामा परेको पशुपालक उपेन्द्र यादवले गुनासो पोखे ।
लालापट्टीमा देखिएको रोगको प्रकोप नियन्त्रण तथा पीडित पशुपालकलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पूर्वमन्त्री यादवले सरकारसंग माग गरेका छन् ।
उक्त रोगको प्रकोपबारे संचारकर्मीहरुलाई जानकारी गराउँदै उनले रोग प्रकोप नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीको औषधि सहितको टोली प्रभावित क्षेत्रमा पठाई उपचारको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसंग माग गरेका हुन् ।
उनले प्रभावित वस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालनका लागि पहल गर्न समेत सरकारसंग माग अघि सारेका छन् ।
यता भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीले सो गाउंमा पशुमा देखिएको रोगको प्रकोप नियन्त्रणका लागि औषधिसहित पशु चिकित्सकको टोली पठाउन लागिएको जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…