शिक्षा विना मुस्लिम समुदायको समग्र विकास सम्भव छैनः मुख्यमन्त्री राउत
आयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफनो धारणा राखेका थिए ।

२०७८ मंसिर २५ शनिबार, दिउँसो ३:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले शिक्षा विना मुस्लिम समुदायको समग्र विकास सम्भव नरहेको बताएका छन् ।
मुस्लिम आयोग द्वारा आज जनकपुरधाममा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले मुस्लिम समुदायले शिक्षामा पहुँच नबनाए सम्म राज्यको मुल धारबाट बाहिरै रहने बताए ।
मदरसा शिक्षालाई राज्यले मान्यता दिनु पर्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले मदरसा शिक्षाका साथै आधुनिक शिक्षा संग बालबालिका हरुलाई जोडन मुस्लिम अगुवाहरुलाई आग्रह समेत गरे ।
प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनकोा लागी विधेयक सदनमा पु¥याइ सकेको उल्लेख गर्दै उनले मदरसामा अरबी र उर्दुका साथ साथै अंग्रेजी, विज्ञान र गणित शिक्षाको अध्यापन समेत हुनु पर्नेमा जोड दिए ।
अरु माथी औला ठड्याएर मात्र मुस्लिम समुदायको विकास सम्भव नरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले समाजको अगुवाहरुलाई समेत जिम्मेवार हुन आग्रह गरे ।
प्रदेश सरकारले सबै जात समुदायलाई जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गरि सकेको उल्लेख गर्नु हुँदै उहाँले मुस्लिम समुदायले प्रदेश सरकारको सबै निकायमा १२ प्रतिशत आरक्षण पाउने विश्वास दिलाए ।
उनले धार्मिक , ऐतिहासिक स्थलहरुको सौन्दर्यीकरणको क्रममा प्रदेश सरकारले जानकी मन्दिर, विद्यापति डिहका साथै रौजा मजारलाई समेत प्राथमिकतामा राखेर सौन्दर्यीकरणको काम लाई तिब्रता दिएको बताए ।
आयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफनो धारणा राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…