संविधान संशोधन आवश्यक छ र गर्नुपर्छः यादव
उनले अघि भने, विगतका विभिन्न आन्दोलनमा गरेका सहमति र प्रतिवद्धता पुरा गर्न अब ढिलो गर्न हुन्न ।’

२०७८ मंसिर २४ शुक्रबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सफलताको शुभकामना दिँदै उनले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताए ।
उनले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताए । यादवले संविधान संशोधनमा जोड दिएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले निर्वाचन प्रणली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याकबो समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले अघि भने, विगतका विभिन्न आन्दोलनमा गरेका सहमति र प्रतिवद्धता पुरा गर्न अब ढिलो गर्न हुन्न ।’
यादव आफू पनि कैयौँ पटक सरकारमा हुँदा सँविधान सँशोधनको कुरा मौन राख्ने गरेका छन् भने सरकार बाहिर हुँदा सँविधान सँशोधनको मुद्दा उठाउने गरेका छन् । अहिले पनि जसपा वर्तमान सरकारमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…