विवाहपँचमीमा आधा शतक पाकेटमार पक्राउ, महिलाहरु अधिक
पाकेटमारहरुले श्रद्धालुहरुको रुपैयाँ, गहना समेत चोरी गर्ने गरेको पाईएको छ । उनीहरुको एक समूह हुन्छन जो ठाउँ ठाउँमा सेट गरी पाकेटमारी गर्ने गरिन्छ ।

२०७८ मंसिर २३ बिहीबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव अर्थात विवाहपँचमीको क्रममा करिब आधा शतक पाकेटमार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विवाहपँचमीको क्रममा बुधबार मात्र ४७ जना पाकेटमार पक्राउ गरिएको हो, जसमा अधिकाँश बढी महिलाहरु रहेका छन् ।
प्रहरीले भीड–भाडमा पाकेट मारेको आशंकामा ४७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये २७ जना महिला रहेका छन ।
अधिकांश पाकेटमारा भारतीय नागरिक रहेका छन् । सामान्य भेषभूषामा देखिने उनीहरुले भीड–भाड हुने स्थान जानकी मन्दिर, बारहबिघा मैदानबाट शंकाको आधारमा पक्राउ गरिएको हो ।
सीताराम विवाह महोत्सव पछि अनुसन्धान गरेर पक्राउ परेकाहरुलाई छाडिने जनाइएको छ । प्रत्येक वर्ष बगलीमाराहरुको पक्राउ पर्ने गरेका छन् ।
पाकेटमारहरुले श्रद्धालुहरुको रुपैयाँ, गहना समेत चोरी गर्ने गरेको पाईएको छ । उनीहरुको एक समूह हुन्छन जो ठाउँ ठाउँमा सेट गरी पाकेटमारी गर्ने गरिन्छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…