विवाहपँचमी मेला हेर्न जनकपुरमा ओर्लियो जनसागर 

२०७८ मङ्सिर २२ बुधबार
बेलुकी ५:१५ बजे
न्यूज ब्यूरो, डेस्क
Photo: deepak karna

न्यूज ब्यूरो, जनकपुरधाम । विवाहपँचमी महोत्सवमा श्रद्धालुहरुको भीड बढदै गएको छ । दिउँसो भएको स्वयँमवर कार्यक्रम हेर्नको लागि हजारौ हजारको सँख्यामा रामजानकीलाई श्रद्धालुहरुले सलामी दिए । 

त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित प्रत्येक वर्ष मनाइने विवाहपँचमी महोत्सवको लागि लाखौँको सँख्यामा श्रद्धालुहरु जनकपुर आउँछन् ।

सोही क्रममा सप्ताहव्यापी विवाहपँचमी महोत्सवको छैठो दिन स्वयँमवर कार्यक्रममा लाखौँको सँख्यामा श्रद्धालुहरु ओर्लिएका छन् । बाह्रविघा रँगभूमि मैदान सहित जनकपुरको कुनाकाप्चामा लाखौँको सँख्यामा जनसागर ओर्लिएको छ । 

आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी रामसीताको स्वयम्वर गरिएको छ ।

विवाह उत्सवमा सहभागि हुन नेपाल र भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । स्वयम्वर कार्यक्रममा सहभागि हुन श्रद्धालु भक्तजनहरूको भिड लागेको छ ।

आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदानमा गएर स्वयम्वर आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले जानकी मन्दिर र रंगभूमि मैदानमा पुष्पवृष्टि गरेको थियो । 

सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान् रामका बुबा अर्थात् राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

विवाहपञ्चमीको भीडमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

भीडभाडमा हुन सक्ने आपराधिक घटनालाई रोक्न करिब २ हजारको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त !

  • २०७८ मङ्सिर २२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।  न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी

पूरा पढ्नुहोस्

Bureau Menus