कमला नदीमा सीताको भव्य मटकोर सम्पन्न
कमला नदीबाट मटकोर सम्पन्न गरी अबेर साँझ रामसीतालाई जनकपुर ल्याएको हो । गँगासागरमा समेत मटकोर विधि विधिवत रुपमा सम्पन्न भएको छ । भोली विवाहपँचमी महोत्वस अन्तर्गत स्वयँमबर अर्थात मूल दिनको रुपमा भव्य मेला लाग्नेछ ।

२०७८ मंसिर २१ मंगलबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव अन्तर्गत आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर ६ मडानको कुम्भ घाटस्थित विधिवत रुपमा जानकी (सीता) को मटकोर सम्पन्न भएको छ । विवाहपँचमीको पाँचौ दिन मनाइने मटकोर कार्यक्रम यसपाली कमला नदीमा गरिएको छ ।
जनकपुरधामको गँगासागरमा समेत आयोजना गरिएको मटकोर कार्यक्रममा मोटो सँख्यामा श्रद्धालुहरु सहभागी भए भने कमला नदीमा मटकोरको लागि जाँदा गाउँ गाउँबाट श्रद्धालुहरु अधिक सँख्यामा सहभागीता जनाएको देखिएको छ ।
कमला बचाउ अभियानको समन्वयमा जनकपुरधामबाट शोभायात्रा निकाल्दै धनुषाको शहिदनगर नगरपालिका हुँदै कमला नदीसम्म पुगेको थियो । त्रेता युगमा कमला नदीमा भगवान राम सीताको मटकोर भएको किम्बदन्ती अनुसार, यसपाली मटकोरको लागि शोभायात्रा सहित मोटो सँख्यामा श्रद्धालुहरु कमला नदी पुगेको देखियो ।
धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकाबाट मोटो सँख्यामा दर्शालुहरु कमला नदी मटकोर हेर्न पुगेको थियो ।
त्यसको लागि साधुसन्त सहित शहिदनगर नगपालिकाका मेयर उदय कुमार बरबरिया, कमला बचाउ अभियानका विक्रम यादव सहित अभियानीहरुले सक्रिय सहभागीता जनाएको थियो ।
कमला नदीबाट मटकोर सम्पन्न गरी अबेर साँझ रामसीतालाई जनकपुर ल्याएको हो । गँगासागरमा समेत मटकोर विधि विधिवत रुपमा सम्पन्न भएको छ । भोली विवाहपँचमी महोत्वस अन्तर्गत स्वयँमबर अर्थात मूल दिनको रुपमा भव्य मेला लाग्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…