भोली सार्वजनिक विदाको घोषणा, बैँकहरुले विदा नमान्ने
उनीहरुले विवाहपँचमी महोत्सवमा बैँकका कर्मचारीले विदा पाउनुपर्ने बताएको छ ।

२०७८ मंसिर २१ मंगलबार, दिउँसो ३:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भोली बुधबार सार्वजनिक विदाको घोषणा गरिएपनि प्रदेश नम्बर २ का बैँकहरुले सो विदालाई अटेरी गर्ने भएको छ ।
रामजानकी विवाह महोत्सव विवाहपँचमीको अवसरमा प्रदेश सरकारले प्रत्येक वर्ष दिँदै आएको सार्वजनिक विदा भोली बुधबार दिने निर्णय गरिएपनि बैँकल नमान्ने निचोड गरेको हो ।
नेपाल राष्ट्र बैँकको जनकपुर शाखाले प्रदेश सरकारले दिएको सार्वजनिक विदा नमान्ने बताएको छ । प्रदेश सरकारले बर्षभरिमा ६ वटा विदा दिने राजपत्रमा उल्लेख भए अनुसार ६ वटै सार्वजनिक विदा उपयोग भएको जनाउँदै विवाहपँचमीको विदा नमान्ने बताएको छ ।
भोली बुधबार प्रदेश सरकारले विदा दिएको तथा भोली बैँकहरु खुल्ने वा नखुल्ने सन्दर्भमा एक बैँकका कर्मचारीलाई नेपाल राष्ट्र बैँकको एक कर्मचारीले भोलीको बिदा नमान्ने र बैँकहरु खुल्ने जवाफ दिएको हो ।

यता, प्रदेश नम्बर २ को मुख्यमन्त्रीको सँचार सचिवालयको अनुसार, प्रदेश सरकारले आफ्नो कर्तव्य अनुसार सार्वजनिक विदा दिएको बताउँदै प्राईभेट सँस्थाहरुले मान्ने वा नमान्ने उनीहरुको ईच्छामा भर पर्ने जानकारी दिएको छ ।
जनकपुरधामस्थित भोली बुधबार विवाहपँचमी महोत्सवको छैठो दिन अति धुमधामको साथ लाखौँको सँख्यामा श्रद्धालुहरु देशविदेशबाट आउने गरिन्छ । सोही अवसरमा प्रदेशभरि नै विदाको घोषणा मुख्यमन्त्री राउतले गरेका छन् ।
बुधबार विवाहपँचमीको उत्साह भएको बेला पनि बैँकहरु खुल्ने भएपछि बैँकका कर्मचारीहरुले बर्षमा एक दिनको यत्रो ठुलो उत्साहमा पनि विदा नहुने भन्दै दुःखेसो पोखे । उनीहरुले विवाहपँचमी महोत्सवमा बैँकका कर्मचारीले विदा पाउनुपर्ने बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…