जनकपुरमा आजदेखि स्कूल, कलेजहरु बन्द
आज सीताको मटकोर कार्यक्रम रहेको छ । मटकोर कार्यक्रम जनकपुरको पवित्र सरोवर गँगा सागरमा हुने तथा एक टोलीले कमला नगरपालिकाको वडा नं. ६ मडान कुम्भ घाटमा कमला नदीमा गर्ने तयारी गरिएको छ । जसको लागि शोभायात्रा निकाल्दै मटकोर कार्यक्रम हुने भएको छ ।

२०७८ मंसिर २१ मंगलबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको नीजि तथा समुदायिक विद्यालयहरु बन्द गर्न सूचना जारी गरिए अनुसार आज (मँगलबार) देखि स्कूल, कलेज बन्द गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै मँसिर २१ गतेदेखि मँसिर २३ गतेसम्म ३ दिन समुदायिक तथा सँस्थागत विद्यालयहरु बन्द गर्न पत्राचार गरे अनुसार विद्यालयहरु विदा दिएको हो ।
जनकपुरधाममा धुमधामको साथ मनाइने विवाहपँचमी महोत्सवलाई मध्यनजर गरी तीनदिनको लागि विद्यालयहरु बन्द गरी सहयोग गर्न उपमहानगरपालिकाले सूचना जारी गरेको हो ।
आईतबार उपमहानगरपालिकाले जारी गरेको सूचनामा विवाहपँचमीको अवसर पारेर विवाहपँचमीको एक दिनअघि देखि नै जनकपुरधाममा अधिक भीडभाड हुने भएकोले एकदिन पछिसम्म पनि सोही भिडभाड हुने भएकोले तीनदिन कम्तीमा विद्यालय बन्द गर्न आव्हान गरेको थियो ।
.jpg)
भारत सहित अन्य विभिन्न ठाउँबाट आउने लाखौँको सँख्यामा श्रद्धालुहरुलाई मध्यनजर गरी उनीहरुलाई सहयोग गर्न अनुरोध गरिएको छ ।
विवाहपँचमी महोत्सव आगामी मँसिर २२ गते हुने भएको छ । सप्ताहव्यापी रुपमा मनाइने विवाहपँचमी महोत्सवको स्वयँवर लीला मँसिर २२ गते हुने भएकोले त्यसको एक दिन अघि र एक दिनपछि अधिक भीडभाड हुने भएकोले तीनदिनसम्म विद्यालय, कलेजहरु बन्द गर्न सूचना जारी गरिएको हो ।
आज सीताको मटकोर कार्यक्रम रहेको छ । मटकोर कार्यक्रम जनकपुरको पवित्र सरोवर गँगा सागरमा हुने तथा एक टोलीले कमला नगरपालिकाको वडा नं. ६ मडान कुम्भ घाटमा कमला नदीमा गर्ने तयारी गरिएको छ । जसको लागि शोभायात्रा निकाल्दै मटकोर कार्यक्रम हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…