प्रदेश २ मा सार्वजनिक विदाको घोषणा
समाजिक सँजालमा विवाहपँचमीको दिन कम्तीमा पनि एक दिन देशव्यापी रुपमा सार्वजनिक विदा दिन माग उठन थालेको छ ।

२०७८ मंसिर १९ आइतबार, राति ८:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो बुधबार प्रदेश २ सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।
जनकपुरमा धुमधामको साथ मनाइरहेको रामजानकी विवाह महोत्सव अर्थात विवाहपँचमी महोत्सवलाई मध्यनजर गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेश नम्बर २ को सरकारले विवाहपँचमी महोत्सवलाई ध्यानमा राख्दै सो दिन देशविदेशबाट लाखौँको सँख्यामा श्रद्धालुहरु जनकपुर आउने तथा धुमधाम हुने भएपछि एकदिने सार्वजनिक विदाको घोषणा गरेको हो ।
विवाहपँचमी महोत्सवमा लाखौँको सँख्यामा विवाहपँचमी मेला भर्न आउने गरिन्छ । सो दिन जनकपुरमा सर्वसाधारणको भीडको साथै अधिक उत्साह हुने भएकोले एक दिन सार्वजनिक विदा दिने गरिन्छ ।
त्यही, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले तीनदिनसम्म विद्यालय र कलेज बन्द गर्न आव्हान गरेको हो । श्रद्धालुहरुको भीडभाडलाई मध्यनजर गर्दै सो दिन जनकपुरमा स्कूल बसले हुन सक्ने परेशानीलाई मध्यनजर गर्दै स्कूल कलेज बन्द गर्न आव्हान गरेको हो ।
यसपाली पनि अयोध्याबाट जन्ती आउने भएको छ । साधुसन्तहरु सोमबारदेखि नै जनकपुर आउने महोत्सव समितिले जनाएको छ । विवाहपँचमीमा जनकपुरमा देशमै सबभन्दा बढी धुमधामको साथ मनाइन्छ ।
त्रेता युगमा भगवान र सीताको विवाह भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरमा जानकी मन्दिरलाई नवदुल्ही जस्तै सजाईन्छ भने विवाहपँचमी विधिवत रुपमा एक सातासम्म मनाइन्छ ।
समाजिक सँजालमा विवाहपँचमीको दिन कम्तीमा पनि एक दिन देशव्यापी रुपमा सार्वजनिक विदा दिन माग उठन थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…