यसपाली विवाहपँचमीमा सीताको मटकोर कमला नदीमा हुने
कमला नगरपालिकावासी सहित आसपासका नगरपालिकाका वासिन्दाहरुलाई समेत सहभागी हुन अनुरोध गरिएको छ ।

२०७८ मंसिर १८ शनिबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपँचमी महोत्सवको मटकोर कार्यक्रम यसपाली कमला नदीमा हुने भएको छ ।
मँसिर २१ गते आयोजन हुने रामजानकी मटकोर कार्यक्रमको लागि कमला नगरपालिकाको वडा नम्बर ६ सखुवाको कमला कुम्भ मरान घाटमा गर्ने तयारी गरिएको छ ।
कमला बचाउ अभियानको सहकार्यमा यसपाली विवाहपँचमीको मटकोर कार्यक्रम कमला घाटमा हुने भएको छ । एतिहासिक कमला नदीमै रामजानकीको मटकोर भएको किम्बदन्ती अनुसार कमला कुम्भ घाटमा मटकोर कार्यक्रम आयोजन हुने भएको छ ।
आयोजक महन्थ नवलकिशोर दासको सँयोजकत्वमा मँसिर २१ गते मँगलबार मटकोर विधि कमला नदीमा गरिने जनाइएको छ । जनकपुरको सुन्दर सदन अग्नीकुण्डमा शोभा यात्रा निकाल्दै कमला सरोवरमा गएर मटकोर विधि गरिने बुझिएको छ ।
सो मटकोर कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण कमला नगरपालिकावासी सहित आसपासका नगरपालिकाका वासिन्दाहरुलाई समेत सहभागी हुन अनुरोध गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…