विवाहपंचमी महोत्सवको तयारीमा जुटौँ : मुख्यमन्त्री राउत
विवाहपंचमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फ बाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपनिको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।

२०७८ मंसिर १५ बुधबार, बेलुकी ५:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपंचमी महोत्सवको समग्र तयारीमा जुटन सरोकारबला निकायहरुलाई निर्देशन दिएका छन् ।
प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका , जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरु सहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको धरोहर रहेको विवाहपंचमी महोत्सवलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिएका हुन् ।
महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राउतले सुृरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरि दिने प्रतिवद्धता जनाए।
त्यसै गरि उपमहानगरपालिकाको नेतृत्वमा हुने सरसफाईमा सुरक्षा निकायका साथै स्थानीय सघसंस्थाहरु समेत सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह गर्नु गरे ।
विवाहपंचमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फ बाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपनिको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।
बैठकमा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो ,अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवि कुमारी कर्ण ,जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास , प्रमुख सचिव हरिप्रसाद मैनाली, आन्तरिक मन्त्रालयका सचिव राम कुमार महतो, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जनकपुर उपमहानगरका कार्यकारी अधिकृत प्रधुमन प्रसाद उपाध्याय, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी उमेश रंजितकार, सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगर, अनुसन्धानका निर्देशक ओम प्रकाश जोसी, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…